किरात धर्मगुरू लिङ्देनकाे ७१औ जन्मोत्सव भव्यरूपले मनाइदै

 लिम्बुवान न्युज
                       

दमक, १८ मंसिर । सदाकाे बर्ष झै याे बर्ष पनि किरात धर्मगुरू लिङ्देन आत्मानन्द सेइङज्यूको ७१ औ शुभजन्मोत्सव तथा साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह भव्य रूपले हुने भएकाे छ ।

धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा विविध कार्यक्रमसहित जन्मोत्सव भव्यताका साथ मनाउने तयारी गरिएको हो ।

महासमारोह माङसेवा विभागका संयोजक तथा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अनुसार १६ गते साक्मुरा वादेम्मा सेवा र १७ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न भइसकेको जनाइएकाे छ ।

शुभजन्मोत्सव कार्यक्रममा प्रमुख अतिथि माननीय रक्षामन्त्री मानवीर राई र विशेष अतिथि माननीय प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ आउनु हुने ७१ औ शुभजन्मोत्सव तथा नुमाङगेन्ना सेवा समारोह तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

नुमाङगेन्ना समारोह समुद्घाटन, शुभकामना मन्तव्य, आत्मानन्द साहित्य पुरस्कार वितरण, आत्मानन्द गोल्डकपका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण, धन्यवाद आशीर्वचन साथै विशेष समारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा हुनेछ । नुमाङगेन्ना सेवामा ७१ जना माङसेवासाबा, माङसेवासामाबाट साम्जीक मुन्धुम वाचन हुने आयोजक समितिले जनाएको छ ।

जन्मोत्सव कार्यक्रम अन्तर्गत मंसिर १९ गते धर्मगुरू आत्मानन्द सेइङ’ ज्यूबाट विशेष माडआशीर्वचन, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार)अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने समारोहले जनाइएको छ ।

सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अनुसार विगतका वर्षझैं मंसिर १८ र १९ गते साँझमा बृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम समेत प्रस्तुत हुने बताएकाे छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ प्रदर्शन हुने

दमक, १८ मङ्सिर ।  लिम्बू पालामी चलचित्र 'मिम्लेन् फूङ्' धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान आठ १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो |...

आज किरात समुदायको चार्ड उधौली मनाईदैः नेवारले पनि यःमरी पुर्णिमा मनाउँदै

दमक, १८ मंसिर । मंसिरे पूर्णे अर्थात धन्यपूर्णिमाको दिन आज किरात समुदायले आफ्नो रितिरिवाज, परम्परा अनुसार विविध कार्यक्रम गरि मनाउँदैछन् । आफ्ना पूर्खाहरुको सम्मानमा किरातीहरुले चासोक, उभौली पर्व मनाउने गरेका छन् । किरात जातीहरु लिम्बुले...

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...