पत्रकार महासंघ इलाम अध्यक्षमा योङहाङ उम्मेद्वारी घाेषणा

 लिम्बुवान न्युज
                       

इलाम, २० मंसिर । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्षमा पत्रकार राम योङहाङले उम्मेद्वारी दिने भएका छन् । आउँदो २८ मङ्सिरमा हुने महासंघको निर्वाचनमा उनले अध्यक्षमा उम्मेद्वारी दिने भएका हुन् ।

विगत १७ वर्षदेखि इलाममा व्यावसायिक पत्रकारिता गर्दै आएका योङहाङलाई प्रेस सेन्टर नेपाल प्रदेश समितिको २१औं बैठकले अध्यक्षमा उम्मेद्वार बनाउने निर्णय गरेको प्रेस सेन्टरका प्रदेश महासचिव सुजन तिम्सिनाले जानकारी दिए ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति इलामको सर्वसम्मत सिफारिसलाई बुधबार विराटनगरमा बसेको प्रदेश समितिको र्बैठकले अनुमोदन गर्दै उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

पत्रकार योङहाङ नेपाल पत्रकार महासंघ इलामका वर्तमान कोषाध्यक्ष हुन् ।

यस्तो छ, योङहाङको पत्रकारीता इतिहास

योङहाङको विगत १७ वर्षदेखि क्रियाशील पत्रकारिता गरेको अनुभव छ । इलामबाट सञ्चालित इलाम एफएमबाट २०६४ देखि पत्रकारिता यात्रा सुरु गरेका योङहाङ २०७३ देखि इलामबाट सञ्चालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमका सम्पादकका रुपमा कार्यरत छन् । २०६८ देखि सौर्य राष्ट्रिय दैनिकमा इलाम संवाददाताका रुपमा कार्यरत योङहाङ २०८० देखि सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) मा जिल्ला संवाददाताका रुपमा कार्यरत छन् ।

उनले इलाम एफएमसहित इलामबाट प्रकाशित इलाम पोष्ट दैनिक र इक्ला साप्ताहिक, झापाबाट सञ्चालित नागरिक एफएम, झापाबाट प्रकाशित पूर्व सन्देश दैनिक र पिपुल्स टाइम्स दैनिक, मोरङबाट प्रकाशित मोफसल साप्ताहिक र काठमाडौंबाट प्रकाशित कमाण्डर पोष्ट राष्ट्रिय दैनिकमा समेत काम गरिसकेका छन् ।

पत्रकारहरुको पेशागत संगठनमा समेत उतिक्कै सक्रिय योङहाङ २०७४ देखि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको अध्यक्ष, २०७६ देखि लिम्बू पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष र २०७९ देखि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।

शिक्षा संकाय र कानुन संकायमा स्नातक गरेका योङहाङले मानविकी तथा सामाजिक विज्ञान संकाय (ग्रामीण विकास) र व्यवस्थापन संकाय (जनप्रशासन) मा स्नातकोत्तर गरेका छन् ।

इलामको माङसेबुङ गाउँपालिका-३ गुरुङगाउँमा जन्मिएका योङहाङ हाल इलाम नगरपालिका-७ फुलगाछीमा बस्दै आएका छन् ।
योङहाङले नेपाल पत्रकार महासंघ, श्रमजीवि पत्रकार र स्वरोजगारमूलक मिडियाको पक्षमा काम गर्न आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...