पत्रकार महासंघ इलाम अध्यक्षमा योङहाङ उम्मेद्वारी घाेषणा

 लिम्बुवान न्युज
                       

इलाम, २० मंसिर । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्षमा पत्रकार राम योङहाङले उम्मेद्वारी दिने भएका छन् । आउँदो २८ मङ्सिरमा हुने महासंघको निर्वाचनमा उनले अध्यक्षमा उम्मेद्वारी दिने भएका हुन् ।

विगत १७ वर्षदेखि इलाममा व्यावसायिक पत्रकारिता गर्दै आएका योङहाङलाई प्रेस सेन्टर नेपाल प्रदेश समितिको २१औं बैठकले अध्यक्षमा उम्मेद्वार बनाउने निर्णय गरेको प्रेस सेन्टरका प्रदेश महासचिव सुजन तिम्सिनाले जानकारी दिए ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति इलामको सर्वसम्मत सिफारिसलाई बुधबार विराटनगरमा बसेको प्रदेश समितिको र्बैठकले अनुमोदन गर्दै उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

पत्रकार योङहाङ नेपाल पत्रकार महासंघ इलामका वर्तमान कोषाध्यक्ष हुन् ।

यस्तो छ, योङहाङको पत्रकारीता इतिहास

योङहाङको विगत १७ वर्षदेखि क्रियाशील पत्रकारिता गरेको अनुभव छ । इलामबाट सञ्चालित इलाम एफएमबाट २०६४ देखि पत्रकारिता यात्रा सुरु गरेका योङहाङ २०७३ देखि इलामबाट सञ्चालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमका सम्पादकका रुपमा कार्यरत छन् । २०६८ देखि सौर्य राष्ट्रिय दैनिकमा इलाम संवाददाताका रुपमा कार्यरत योङहाङ २०८० देखि सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) मा जिल्ला संवाददाताका रुपमा कार्यरत छन् ।

उनले इलाम एफएमसहित इलामबाट प्रकाशित इलाम पोष्ट दैनिक र इक्ला साप्ताहिक, झापाबाट सञ्चालित नागरिक एफएम, झापाबाट प्रकाशित पूर्व सन्देश दैनिक र पिपुल्स टाइम्स दैनिक, मोरङबाट प्रकाशित मोफसल साप्ताहिक र काठमाडौंबाट प्रकाशित कमाण्डर पोष्ट राष्ट्रिय दैनिकमा समेत काम गरिसकेका छन् ।

पत्रकारहरुको पेशागत संगठनमा समेत उतिक्कै सक्रिय योङहाङ २०७४ देखि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको अध्यक्ष, २०७६ देखि लिम्बू पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष र २०७९ देखि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।

शिक्षा संकाय र कानुन संकायमा स्नातक गरेका योङहाङले मानविकी तथा सामाजिक विज्ञान संकाय (ग्रामीण विकास) र व्यवस्थापन संकाय (जनप्रशासन) मा स्नातकोत्तर गरेका छन् ।

इलामको माङसेबुङ गाउँपालिका-३ गुरुङगाउँमा जन्मिएका योङहाङ हाल इलाम नगरपालिका-७ फुलगाछीमा बस्दै आएका छन् ।
योङहाङले नेपाल पत्रकार महासंघ, श्रमजीवि पत्रकार र स्वरोजगारमूलक मिडियाको पक्षमा काम गर्न आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...