तिलक मादेनको अध्यक्षतामा कियाचु सभापोखरी गठन

 लिम्बुवान न्युज
                       

बाह्रबिसे, मङ्सिर २८ । किरात याक्थुङ चुम्लुङ सभापोखरी गाउँपालिकाको दोस्रो अधिवेशन बाह्रबिसे स्थित आदिवासी जनजाति महासंघ सम्वय परिसद सभापोखरिको सभाहलमा सम्पन्न भएको छ ।
कियाचु लिम्बुवान प्रदेश समिती सदस्य दिलकुमार लावतिको प्रमुख आतिथ्यतामा तिलक मादेनको अध्यक्षतामा नया समिती गठन भएको हो ।
समितिको उपाध्यक्षहरुमा मनिष हाङ्गाम, आइतराज मादेन, सचिवमा प्रेमकुमार सिङ्था, सहसचिवमा जय कुमार वनेम र कोषाध्यक्षमा चित्रकला सावा निर्वाचित भएका छन ।
यस्तैगरी सदस्यहरुमा प्रनिल वनेम, रविन मादेन, बल बहादुर मादेन, जेनिस वनेम, जनम फावेन, रन्जिता लिम्बू, मधु मादेन र बुद्ध वनेम निर्वाचित भएका छन ।
त्यस्तै सल्लाहकार संयोजकमा पुर्व गाउँपालिका अध्यक्ष रत्न सुब्बा त्यसैगरी सदस्यहरुमा भिम बहादुर लिम्बू, दिपक थलङ, जितेन्द्र वनेम, जुद्दविर वनेम, धन बहादुर लिम्बू र दिल बहादुर लिम्बू रहेका छन ।
कार्यक्रममा कियाचु रापस अनिल लिम्बू, जिल्ला अध्यक्ष मदन मादेन, पुर्व पालिका अध्यक्ष रत्न सुब्बा, दिपक लिम्बू, आदिवासी जनजाती महा संघका पालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ र समाजसेवी दिल बहादुर लिम्बुले शुभकामना मन्तब्य राखेका थिए ।
यसैगरी सभापोखरी ५ का वडाध्यक्ष मनिष हाङ्गामको समेत उपस्तिथि रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य वडा न ६ का वडाध्यक्ष जितेन्द्र वनेमले राखेका थिए भने कार्यक्रम संचालन जनजाति समन्वय परिषदका सचिव संगम मादेनले गरेका थिए ।

कार्यक्रमको सभाध्यक्ष उपाध्यक्ष बाबुराम फावेन फागोको रहेको थियो ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...