
दमक, ४ पुष । झापाको दमकस्थित बसपार्कमा रहेको मिलन होटल एण्ड लजमा आज विहान एक जना पुरुष मृत भेटिएका छन् ।
सिन्धुली दुधौली नगरपालिका १० बस्ने ३३ बर्षिय इन्द्र सुनुवार सुतिरहेकै ठाउँमा बिहीबार बिहान मृत फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
होटलको भुइँतलाको कोठामा मृत भेटिएका दमक वडा नं. ६ का अध्यक्ष टेकबहादुर थापाले बताए । मृतक सुनुवार दुई युवतीसंगै बसेकाे खुल्न आएको छ ।
यसैवीच प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न होटल सञ्चालिका मिना केसीसहित दुई युवतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ परेका युवतीहरूकाे विवरण प्रहरीले सार्वजनिक गरेकाे छैन ।