कुम्मायकमा पहिचानवादी मोर्चा गठन

 लिम्बुवान न्युज
                       


पान्थर, ५ पौष । पान्थरको कुम्मायक गाउपालिकामा पहिचानवादी मोर्चा गठन भएको छ । शुक्रबार यासोक बचारमा भएको पहिचानवादी मोर्चाको भेलाले कुम्मायक गाउँपालिका कार्य समिती गठन गरेको हो ।


उक्त भेलाले तारानाथ सम्बाहाम्फेको संयोजकमा समिती गठन भएको छ । उक्त समितिमा इन्द्रकला लाओती र अमर लओती सहसंयोजक, सन्दिप सम्बाहाम्फे सदस्य सचीव र तेज प्रकाश लाओतीलाई आर्थिक बिभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसैगरी उक्त कार्यक्रममा २१ सदस्य पहिचानवादी मोर्चा कुम्मायक गाउपालिका कार्य समिती निर्बाचित गरेको नेता केदार धिमालले लिम्बुवान खबरलाई जनाएका छन ।
यसरी नै उक्त भेलाले पहिचानवादी महिला मोर्चा कुम्मायक गाउपालिका कार्य समिती पनि गठन गरेको छ । महिला समितिको संयोजकमा सुनिता लाओती, सह-सहयोजकमा सरस्वती नेम्वाङ र सदस्य सचिवमा देबिमाया लिम्बू सहित ११ सदस्य समिती निर्बाचित गरेको छ ।


कार्यक्रमको प्रमुख अथिति पहिचानवादी मोर्चाका संघीय संयोजक प्रा डा. महेन्द्र लाओती, अतिथिहरु सह-संयोजक ज्ञानबहादुर गुरुङ, संघीय सदस्य तथा कार्यालय प्रमुख खगेन्द्र माखिम, संघीय सदस्य तथ लिम्बुवान प्रदेशका सदस्य सचीव केदार धिमाल, संघीय सदस्यहरु सेन्छेहाङ लाओती, जकेन्द्र लाओती, मिसेकहाङ चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;