आदिवासी रंगशालामा सम्पन्न चासोकको आयब्याय सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, ६ पुस झापाको कमल गाउँपालिका- ५ पाडाजुंगीस्थित आदिवासी रंगशालामा आयोजित चासोक तङनाम (न्वागी पूजा) को समीक्षासहित आयव्यय सार्वजनिक गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाको शुक्रबार किरात भवनमा बसेको संयुक्त समीक्षा बैठकले गत मंसिर ३० गते सम्पन्न चासोक तङनामको यथार्थ आयव्यय सार्वजनिक गरिएको चुम्लुङ दमकका अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङले बताएका छन् ।
उनका अनुसार कार्यक्रम सम्पन्न गर्न स्टेज,प्रचार,कलाकारहरुको पारिश्रमिक लगायत गरि कुल ३ लाख ६५ हजार खर्च भएको छ । खर्च मध्ये आधा-आधा रकम दुवै संस्थाले व्यहोर्ने समेत निर्णय भएको उनले जनाए । कार्यक्रम सफल बनाउन स्वदेश तथा विदेशमा बस्दैआएका लिम्बू -याक्थुङहरुले स्वेच्छिक रुपमा सहयोग पुरयाँएका थिए ।
विगतका वर्षझै यसवर्ष पनि दुवै संस्थाले चासोक तङनाम भव्य रुपले मनाएका थिए । त्यस दिन मात्र कार्यक्रममा आउने सहभागिहरुबाट ५० हजार ७ सय ५० रुपैया सहयोग प्राप्त भएको चुम्लुङ कमलका अध्यक्ष दिवस सम्बाहाम्फेले बताए ।
चुम्लुङका संघीय सचिव यासेली योङहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको चासोक विशेष सांस्कृतिक कार्यक्रममा लिम्बू जातिका गीत,नृत्य प्रस्तुत गरिनुका साथै कार्यक्रम सफल बनाउन सहयोग पुरयाँउने दाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो । बैठकले चासोक विशेष कार्यक्रम सफल बनाउने सहयोग पुरयाँउने दाता, लिम्बू समुदाय अग्रज, सर्वसाधारण ,कलाकारहरुलाई धन्यवाद समेत दिने निर्णय गरिएको चुम्लुङ दमकका अध्यक्ष चेम्जोङले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...