
फुङलिङ्, ६ पौष । पहिचानवादी मोर्चा ताप्लेजुङ् समिति गठन भएको छ । शनिबार ताप्लेजुङ फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन नानीको संयोजकत्वमा २३ सदस्यीय मोर्चा गठन गरिएको हो ।

समितिको सह–संयोजकहरुमा श्री लिङखीम, डम्बर लाबुङ, सुरेश आवाजुङ, हर्क गुरुङ, पूर्ण पालुङवा र लोकेन्द्र तुम्बाहाम्फे रहेका छन् भने सदस्य सचिवमा सरोज कङलिवा रोशन रहेका छन् यसैगरी आर्थिक संयोजकमा कमला पालुङवालाई जिम्मेवारी दिइएको छ । यसरी नै विद्यार्थी विभाग प्रमुमा सरगम शेर्पा र राम लिम्बु, युवा विभाग प्रमुखमा विरेन बोखिमलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै समिति सदस्यहरुमा केदारजंग ताप्मादेन, शुक्रराज मादेन, योगेन सावा, अशोक विक, दिपेश मादेन, सविना बोखिम, राजु थाम्सुहाङ, सरगम शेर्पा, जीवन विक, पृथ्वी अन्छङ्बो, लिला पालुङवा, सन्तोष पतङ्वा र विमला दाहाल रहेका छन् ।

साथै सोही कार्यक्रमले सल्लाहकार समितिमा कृतिमान मादेन, रत्न नुगो, खड्क गुरुङ, यादव ढकाल र रमेश मादेनलाई चयन गरेको छ ।
कार्यक्रममा मोर्चाका संघीय संयोजक प्रा. डा. महेन्द्र लावती ज्युको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ट अतिथिमा सहसंयोजक ज्ञानबहादुर गुरुङको रहेको थियो । कार्यक्रममा संघीय सदस्य तथा आर्थिक विभाग प्रमुख मे. असिम पालुङवा, खगेन्द्र माखिम, संघीय सदस्य तथा लिम्बुवान प्रदेशका सदस्य सचिब केदार धिमाल,र संघीय सदस्यहरु कृतिमान मादेन, कुमार साम्यु साथै पान्थर जिल्ला सदस्य देउकुमार योङहाङको उपस्थिति रहेकोे थियो । कार्यक्रममा सबैले शुभकामना मन्तव्य राखेका थिए ।
आजैको दिन ताप्लेजुङ जिल्लाको कार्यालय पनि प्रा.डा. लावतीले विहान एक कार्यक्रमका बिच बोर्डमा रिविन तानेर उद्घाटन गरिएको थियो ।