धरानमा तीन दिन याक्थुङ ज्ञान महोसत्व हुने

 लिम्बुवान न्युज
                       

दमक, ७ पौष । धरानस्थित लाङघाली सामुदायिक भवनमा अन्तराष्ट्रिय याक्थुङ ज्ञान महोत्सव हुने भएको छ । शनिबार धरानस्थित मुक्कुमलुङ होटलको सभाहलमा भएको पत्रकार सम्मेलनमा याक्थुङ युवा मञ्चका अध्यक्ष राजेन्द्र इधिङगोले यहि पुष १३, १४ र १५ गते तीन दिन महोत्सव हुने बताएका हुन् ।

धरानका संचारकर्मीहरुको बाकुलो उपस्थिति रहेको उक्त सम्मेलनमा अध्यक्ष इधिङगोले याक्थुङ युवाहरुलाई लक्षित गर्दै विभिन्न विषयहरुमा कार्यपत्र प्रस्तुत गरिने बताए । प्रोफेसर डा. महेन्द्र लावती, मुन्धुम विद डिबी आङबुङ, प्रा. तथा कियाचू अध्यक्ष प्रेम एक्तेन, प्रा. मधुराज केरुङ लगायत बौद्धिक व्यक्तित्वहरुले कार्यपत्र पेश गर्ने उनले बताए ।

लिम्बुवानका लिम्बुहरु विश्वभरि छरिएर रहेका हुँदा उनिहरुको ज्ञानहरु के कसरी याक्थुङहरुको चेतनामा प्रेशण गर्न सकिन्छ भन्ने धेयले नै यो महोत्सव मञ्चले प्रत्येक बर्ष गर्दै आइरहेको अध्यक्ष इधिङगोले बताए ।
कार्यक्रमका कियाचू संघीय उपाध्यक्ष डा. कमल तिगेलाले विश्वभरि याक्थुङहरुको भाषा, लिपि, संस्कृति, परम्परा, रितिरिवाज लगायतका ज्ञानहरुमा एकरुपता ल्याउन र लिम्बु याक्थुङहरुमा एकताको सन्देश दिन समेत यो कार्यक्रम आवश्यक रहेको बताए ।

याक्थुङहरु आ–आफ्नो यक र जातीय थर अनुसार उनीहरुको मौलिकपन फरक भएतापनि इतिहास, सभ्यता, भूगोल, सामाजिक, आर्थिक, धर्म लगायत विविध विषयको ज्ञानहरु याक्थुङ युवा माझ पु¥याउन नै यो कार्यक्रम गर्नुको औचित्य रहेको सम्मेलनमा वताइएको छ ।
कार्यक्रममा चुम्लुङका संघीय सदस्य, प्रदेश सदस्य, जिल्ला तथा धरान नगरका प्रतिनिधिहरु, समाजसेवी तथा राजनीतिकर्मीहरुको समेत उपस्थितिरहेको थियो ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...