नेपाली याक्थुङ विद्यार्थी समाजद्वारा प्रकाशित ‘मिक्चो’को चर्चा

 लिम्बुवान न्युज
                       


दमक, ७ पौष । भारतको सिक्किम प्रान्तस्थित अल्पाइन युनिभर्सिटिमा अध्ययनरत लिम्बू याक्थुङ विद्यार्थीहरुको संघठन “नेपाली याक्थुङ विद्यार्थी समाज”ले प्रकाशन गरेको ‘मिक्चो’ नामक जर्नलको फिदिममा चर्चा गरिएको छ ।

नेपाल फोटो पत्रकार महासंघ पाँचथर र याक्थुङ प्रज्ञा प्रतिष्ठानको आयोजनामा जर्नलमा प्रकाशित सामग्री उपर समिक्षा सहित चर्चा गरिएको हो ।

जर्नल माथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिलेन्द्र सुब्बा, प्राध्यापक खड्गनारायण आङ्देम्बे र समालोचक लाल अञ्जान सम्बाहाम्फेले टिप्पणी र समिक्षा गर्नुभयो । जर्नल लिम्बू भाषामा प्रकाशन भएको छ । जर्नलले लिम्बू साहित्य र लिपी सँगै भाषाको प्रवर्धनमा टेवा पु¥याउने विश्वास समिक्षकहरुको छ ।

जर्नल बजारमा आइसकेको याक्थुङ नेपाली विद्यार्थी समाजका सागर केरुङले जनाएका छन् ।
कार्यक्रम नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आयोजना गरिएको उनले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...