पुष १३ र १४ गते पहिचानवादी मोर्चाको संघीय बैठक बस्दै

 लिम्बुवान न्युज
                       

दमक, १० पौष । पहिचानवादी मोर्चाको संघीय बैठक सुनसरीको सुन्दरनगरी विजयपुरस्थित धरानमा बस्ने भएको छ । मोर्चाका संघीय सदस्य जेन्टल लावलीले पुष १३ र १४ गते धरानको छथरे समाजको सभाहलमा बैठक बस्ने तय भएको बताएका छन् ।

मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको अध्यक्षतामा बस्ने सो बैठकले मोर्चालाई शसक्त रुपमा देशको ७७ वटै जिल्ला र १०+१ प्रान्तहरुको अवधारणा अनुसारका सबै प्रदेशहरुमा समेत विस्तार गर्नेगरी तयारी भईरहेको बारेमा घनिभूतरुपमा छलफल हुने नेता खगेन्द्र माखिमले बताउनु भएको छ ।

मोर्चामा विभिन्न दल र संगठनहरुबाट जोडिन्न क्रम जारी रहेको बेलायत, अमेरिका, जापान, कोरिया लगायत विभिन्न प्रवासहरुमा समेत मोर्चा विस्तार भईरहेको साथै अन्य प्रवासहरुमा समेत मोर्चा गठनलाई तिब्रता दिर्दै यस मोर्चामा जोडिन्ने सबै पहिचान पक्षधर शक्तिहरुलाई आव्हान गर्न समेत सो बैठक बस्न लागेको नेता माखिमले बताए । मोर्चामा हाल नाउपा प्रदेश नं. १ समिति लगायत पार्टीहरु समेत एकीकृत भइरहेको साथै विभिन्न शक्तिहरुसँग सहकार्य भई आगामी दिनमा थप मोर्चाबन्दी गर्दै राजनैतिक पार्टीको रुपमा रुपान्तरणको चरणसम्म पुग्ने तयारीको लागि पनि यो बैठक अर्थपूर्ण रहेको मोर्चाका नेताहरु वताउँछन् ।

मोर्चाले पान्थरको विभिन्न पालिकाहरु, ताप्लेजुङ जिल्ला लगायत संगठनहरु निर्माण गरेको छ भने इलाम जिल्लामा जिल्ला बैठक साथै जिल्लास्तरीय अन्तरक्रिया र मंगलबार झापाको मेचीनगर ११स्थित कियाचू भवनमा झापा जिल्ला बैठक तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । मोर्चामा आवद्धताका लागि पहिचान पक्षधर शक्तिहरुलाई मोर्चाले आव्हान गरिरहेको मोर्चाका नेता माखिमले बताएका छन् ।

उक्त भेलाहरुलाई सम्बोधन गर्दै संयोजक प्रा.डा. महेन्द्र लावतीले २००७ साल पछि मात्र ७ वटा भन्दा धेरै संविधान लेखिएको तर ति संविधान सबै यहाँका आदिवासी, जनजाति, दलित, मधेशी, पिछडावर्ग र उत्पीडित वर्गको पक्षमा नलेखिएको हुँदा पनि अब आन्दोलनको जग निर्माण गर्दै संविधान रुपान्तरणको निमित्त पहिचानवादीहरुले एकजुट भई आन्दोलन गर्ने समय आएको हुँदा सबै मोर्चामा गोलबद्ध हुन आव्हान गर्दै अब बस्ने संघीय बैठकले थप निर्यणहरु सार्वजनिक गर्दै पार्टी निर्माणमा तल्लो निकायसम्म संगठन पुराउन सबैसामू अनुरोध गरेका छन् ।

पहिचानवादीहरु एक कित्तामा उभिएर जाने हो भने राज्य सत्ता आफैले घुडा टेक्ने दावी गर्दै डा. लावतीले यो अवसरलाई चुकाउन नहुने बताएका छन् । सत्तामा पुग्न आन्दोलन नै निर्णायक गर्नुपर्ने वताउनु हुँदै अब पनि आन्दोलनको जगबाट सत्ता हासिल गर्न नसके पहिचान न त स्थापना गर्न सकिन्छ न त प्राप्त गर्न सकिन्छ त्यसैले एक हुनुको विकल्प नरहेको वताए । पहिचान पहिचान भनेर साना साना झुण्डमा बाढिएर सत्ता प्राप्ति नहुने झन् झन् समाप्तीको दिशातर्फ आन्दोलन पुग्ने उनले स्पष्ट पारे ।

मोर्चासँग अन्य तीन वटा संगठनहरुले चाडै एकीकृत वा संयुक्त मोर्चा निर्माण गर्दै अन्य पहिचान पक्षधर शक्तिहरुसँग समेत मोर्चावन्दी वा एकताको लागि आव्हान गर्दै मोर्चा अगाडी बढेको हुँदा सबै एक हुन प्रा.डा. लावतीले आव्हान गरेका छन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...