धरानमा पहिचानवादी मोर्चाको तेस्रो बैठक बस्दै

,   लिम्बुवान न्युज
                       

धरान, १३ पौष । पहिचानवादी मोर्चाको दुईदिने तेस्रो पूर्ण बैठक बसिरहेको छ । सुनसरीको धरानस्थित छथरेसमाजको सभाहलमा मोर्चाको संघीय संयोजक प्रा।डा। महेन्द्र लावतीको अध्यक्षतामा पूर्ण बैठक बसिरहेको हो ।

मोर्चा गठन पश्चात विभिन्न पहिचानजन्य संगठनहरुसँग वार्ता, छलफल निरन्तर बढाउँदै यो बैठक बसेको हो । मोर्चामा जोडिएको नागरिक उन्मुक्ति पार्टी प्रदेश नं। १ का केन्द्रीय नेताहरु सहितको संयुक्त रुपमा सहभागिता रहेका बहुमत नेताहरुको उपस्थितिमा बैठक बसिरहेको संघीय कार्यालय प्रमुख खगेन्द्र माखिमले बताए ।

मोर्चाले शुक्रबार धरानमा चारवटा संगठनहरु पहिचानवादी मोर्चा, जनमुक्ति, उन्मुक्ति र पहिचान अभियान समितिको संयुक्त पहिचानवादी मोर्चा घोषणालाई अनुमोदन गरेको छ । साथै मोर्चाले संगठन विस्तार, सुदृढिकरण लगायका कार्यहरु गर्नलाई केहि विभागिय जिम्मेवारी दिने बताइएको छ । यूवा विभाग, महिला विभाग, विद्यार्थी विभाग, मजदुर, मिडिया, भूपु सैनिक, आर्थिक लगायत विभागहरुमा जिम्मेवारी दिने नेता माखिमले बताए ।

बैठकमा ५१ प्रतिशत संघीय नेताहरुको उपस्थिति रहेको बैठक व्यवस्थापनका संयोजक नेता जेन्टल लावतीले बताएका छन् । बैठक १३ र १४ गते दुईदिन चल्ने र अन्य विभिन्न विषयमा छलफल र कार्यविभाजन लगाय र संगठनको विचार, दृष्टिकोण र कार्यदिशा बारे घनिभूत छलफल गरिने मोर्चा नेताहरुले लिम्बुवानखबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

;