प्रेस सेन्टर नेपालको झापा अध्यक्षमा पुष्प खड्का निर्वाचित 

,   लिम्बुवान न्युज
                       

दमक, १३ पाैष । प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
यसैगरी समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारीको नाम सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा चयन गरिएको छ। समिति पछि २ सदस्यीय थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको हो।
अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ ।
कार्यक्रममा पत्रकार राजन साम्पाङ प्रेस सेन्टर नेपालमा प्रवेश गरेको छन् । साम्पाङलाई प्रमुख अतिथि एबम् अतिथिहरुले खादा अबिर लगाएर स्वागत गरेका थिए । साथै कार्यक्रममा नेपाल पत्रकार महासंघ झापामा निर्वाचित कार्यसमितिका पदाधिकारी सचिव राजु पाठक र सदस्य सन्तोष शर्मालाई सम्मान गरेको छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु आचार्य (अग्नि) को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पार्टी केन्द्रीय कमिटी सदस्य भवानी दङ्गाल, प्रेस सेन्टर नेपालका सचिवालय सदस्य दिपिन राई, केन्द्रिय कमिटी सचिब बिमल लामिछानेले प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य लीलाराज खड्का, प्रदेश उपाध्यक्ष डण्ढिराज घिमिरेले नवगठित समितिलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नवप्रवेशी राजन साम्पाङले आफूले प्रेस सेन्टर नेपालमै प्रवेश हुनुको कारणसहित मन्तव्य राखेका थिए ।
राजु पाठकको अध्यक्षमा सम्पन्न अधिवेशनमा सचिब खड्काले साङ्गाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष खड्काले संगठनले निर्माण गरेको डि-कौडिन्य अक्षयकोषको अभियानलाई निश्कर्षमा पुर्याउनेसहित वार्षिक कार्ययोजना बनाएर अघि बड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बिमल लामिछानेले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन पुष्प खड्काले गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;