गुञ्जमान स्मृति पुरस्कार प्रदान गरिदैं

 लिम्बुवान न्युज
                       

दमक, १४ पौष । झापामा इतिहासकार तथा साहित्यकार इमानसिं चेम्जोङका जयन्ती मनाउंदै विद्वान गुञ्जमान आङंबुहाङ् स्मृति पुरस्कार वितरण गरिने भएको छ ।

किरात याक्थुङ् चुम्लुङ् जिल्ला शाखा झापाको पुष १३ गते झापा चुम्लुङहिममा बसेको तेस्रो नियमित बैठकले सो निर्णय गरेको हो ।

पुष १७ गते अर्थात जनवरी १ तारिखका दिन मनाइने इमानसिं चेम्जोङ जयन्ती कै दिन दिवंगत विद्वान गुञ्जमान आङ्बुहाङको जन्मदिन परेकोले सोहिदिन आङ्बुहाङको स्मृतिमा स्थापना गरिएको “विद्वान गुञ्जमान आङ्बुहाङ् स्मृति पुरस्कार” वितरण गर्न लागिएको हो ।

बैठकले जिल्ला उपाध्यक्ष हस्तबहादुर आङ्देम्बेको संयोजकत्वमा ३ सदस्यीय पुरस्कार वितरण छनौट उपसमिति गठन गरेको छ र जसमा सदस्यहरू जिल्ला सदस्य धर्म लक्सम्बा र सल्लाहकार योगचन्द्र आङ्बुहाङ् रहेका छन् । त्यसैगरी कार्यक्रम सञ्चालन र व्यवस्थापन उपसमिति समेत गठन गरेको छ । सचिव भिममाया नेम्बाङको संयोजकत्वमा कार्यक्रम संचालन तीन सदस्यीय उपसमितिमा सहसचिव कविन्द्र विक्रम नेम्बाङ् र कमला यङहाङ सदस्य रहेका छन् भने उपाध्यक्ष दिव्यकला थेबेको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठनमा सदस्यहरू जिल्ला कोषाध्यक्ष तारा लिम्बू र सदस्य सुन्दर लिम्बू रहेका छन् ।

नियमित बैठकले इमानसिं चेम्जोङ जयन्ती तथा आङ्बुहाङ् पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथीमा किरात याक्थुङ् चुम्लुङ संघीय उपमहासचिव डा. योगेन्द्र पालुङ्वालाई आमन्त्रण गर्ने समेत निर्णय गरेको छ ।

झापाभरि मनाइएको चासोक तङ्नाम–५०८४ को समिक्षा गर्दै बसेको बैठकले संरक्षक, आजिवन र साधारण सदस्यता शुल्क प्रदेश र संघीय समितिमा पठाउनुपर्ने रकम २ लाख ९० हजार ५० रूपैयां समेत अनुमोदन गरेको छ ।

तेसैगरी बैठकले विधानत जिल्ला समितिमा रिक्त रहेको पदमा किरात याक्थुङ चुम्लुङ कन्काई नगर शाखा र हल्दिबारी गाउं शाखाबाट सिफारीस भइआएका गीता नेम्बाङ् र कुमारी चेम्जोङ्लाई सर्वसम्मत मनोनित गरियो भने तीनपटक बैठकमा उपस्थित नहुने सदस्यहरूलाई स्पष्टिकरण लिने समेत निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्छयतामा बसेको बैठकले चुम्लुङ् भवन मर्मत, सम्भार, जिर्णोद्धार उपसमितिका संयोजक धर्म लक्सम्बाको अगुवाईमा निरन्तर बढिरहेको कामलाई पहिलो प्राथमिकताका साथ यथाशक्य चांडै सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...