मिस आर्टिस्ट्री र टिनस्टार नेपालको ग्राण्ड फिनाले सम्पन्नः नुम्सा लिम्बु र जेसिका निरौला थाईल्याण्ड जाने

 लिम्बुवान न्युज
                       


दमक, १४ पौष । झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा मिस आर्टिस्ट्री सिजन ४ र टिनस्टार नेपालको ग्रान्ड फिनाले सम्पन्न भएको छ । बुधबार क्रिसमसको अवसरमा क्लियोपेट्रा इभेन्टसको आयोजनामा उक्त इभेन्ट भएको हो ।
विभिन्न विधामा भएको फिनालेबाट मिस टिन आर्टिस्ट्रिको बिजेता नुम्सा लिम्बु, मिस आर्टिस्ट्री जुनियरमा रोविसा सुवेदी विनर भएकी छन् । प्रि टिन क्याटोगरीमा डिजायर नेपाल बनेका छन् ।
यस्तै सिनयर क्याटोगरिमा अम्लेङ्ना सम्बाहाम्फे भएकी छिन् भने टिन स्टार नेपालको ट्रफि तदीन खत्रिले हात पारेकी छिन् । टिनस्टार नेपाल जुनियर क्याटोगरिमा जिनिसा न्यौपाने र पब्लिक चोईस विनरमा जेसिका निरौला रहेकी छिन ।
बिजेता मध्ये सबैभन्दा धेरै अंक ल्याउने नुम्सा लिम्बु र पब्लिक चोइस विनर जेसिका निरौलाले थाईल्यान्डमा हुने टिनस्टार ईन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधिन्व गर्न पाउने आयोजकले जनाएको छ ।
क्लियोपेट्रा इभेन्टसले हरेक बर्ष १९ वर्ष मुनिका बालिकाहरूको प्रतिभा तथा क्षमता विकासका ईभेन्टको आयोजना गर्दै आएको छ । यस सिजनमा झापाका विभिन्न विद्यालयका १६५ जना प्रतियोगीहरूले भाग लिएका थिए । अडिसन राउन्ड हुँदै विभिन्न चरण पार गरेर उत्कृष्ट ४५ प्रतिभाहरू फिनालेमा पुग्न सफल भएका थिए ।
पुर्वका सफल मोडल तथा इभेन्ट अर्गनाइजेसनका रुपमा स्थापित भएका इभेन्ट संचालक प्रवीण पाठकले उक्त मिस आर्टिस्ट्री सिजन ४ को करिब दुई महिनाको प्रशिक्षण प्रदान गरिएको छ । उनले कार्यक्रम सोचे भन्दा र अघिल्लो सिजन भन्दा थप रोचक र आकर्षणमय भएको बताए । क्रिसमसे साथै आफ्नो जन्मदिनको अवसर पारेर १० गते क्रिसमसडेमा उक्त प्रतियोगिताको फाइनल कार्यक्रम सम्पन्न भएको उनले बताए ।
दमककी उपमेयर रेगिना भट्टराई प्रसाईको प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रममा मिस्टर इन्डीया आकास प्रधानन, मिस्टर नेपाल सन्तोस लक्सम, त्यसैगरी सिक्किमका निकै सफल मोडलहरु समेत जर्ज र मुख्य आकर्षणका रुपमा उपस्थिति रहेको थियो । निकै नै भव्य र सभ्य रुपमा सम्पन्न भएको इभेन्टमा प्रतियोगीहरुका अभिभावकहरुको समेत राम्रो उपस्थिति रहेको कार्यक्रम संचालक पाठकले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...