साहित्यकार से-नाल्बाे सम्मानित

 लिम्बुवान न्युज
                       

दमक, १४ पाैष । लिम्बु गायन तथा नेपाली लोक गायन क्षेत्रमा र लिम्बु नेपाली साहित्यमा निरन्तर योगदान पुर्याउने कलाकार तथा साहित्यकारहरुलाई मासिक रुपमा पूर्बेली टिकटक परिवारले सम्मान गर्दै आएको छ ।

कला र प्रतिभाहरुलाई सम्मान गर्ने उदेश्यले आयोजना गरिको मासिक प्रतिभा सम्मान कार्यक्रम अन्तरगत चौथो प्रतिभा सम्मान कार्यक्रमा बिगत ३५ बर्ष अगाडीबाट निरन्तर लिम्बू र नेपाली साहित्यमा योगदान पुर्याउनुहुने प्रदेश नं. १ तुम्बेवा गाउपालिका वडा नं. २ मक्वा हाल दमक नगरपालिका १ येहाङनगर झापा बस्दै आउनुभएका सेसेमी से-नाल्बोलाई सम्मान गरिएको छ ।

साहित्यकार नाल्बोले अहिले सम्मनमा नेपाली गीति एल्बम ४ वटा नेपाली भाषाको बिभिन्न संग्रहहरु १५ वटा र लिम्बू भाषामा १० वटा संग्रहहरु बजारमा ल्याई सक्नुभएको छ । साहित्यकार नाल्बोले नेपाली भाषा र लिम्बु भाषामा उच्च योगदान पुर्याएको भन्दै नगद रु १० हजार सहित प्रमाण पत्रले सम्मान गरिएको पूर्बेली टिकटक परिवारका ब्यवस्थापक तथा समाजसेवि सुनिल निदोर्षी पारघरीले वताए ।

पूर्बेली टिकटक परिवारले मासिक प्रतिभा सम्मान कार्यक्रमको यस अघि भुटानका गायिका सोमु थेगिम र फक्ताङलुङ आईडल सृर्जन दुईमा विजेता तृसना नेम्बाङ र मौलिक पालाम गायक आसारसिं निङलेकुलाई सम्मान गरेको छ। मासिक प्रतिभा सम्मान कार्यक्रम अन्तरगत चौथोे पटकको कार्यक्रममा अन्तर्रगत साहित्यमा नेपाली तथा लिम्बु भाषामा कलम चलाउनुहुने साहित्यकार सेसेमी से नाल्बोलाई सम्मान गरिएको हो ।

पूर्बेली टिकटक परिवारले आयोजना गरेको चौथोे मासिक प्रतिभा सम्मान कार्यक्रममा माङसेबुङ निबासी प्रकाश नेम्बाङको स्वागत मन्तव्य र गजलकार चन्द्र चाम्लिङ राईको शुभ कामना मन्तव्यबाट आगाडी बढेको कार्यक्रममा भुटानका गायिका सोमु थेगिमले लिम्बु पालाम तथा गीत, गायिका तथा मोडल गोमा योङहाङ र सोलुखुम्बुका मिना राईले नृत्य राख्नु भएको थियो ।

कार्यक्रममा समिर केरुङ, मन कुमार पारघरी, रचना अन्जान राईले नेपाली कविता वाचन गर्नुभएको थियो भने उत्तम श्रेष्ठले नेपाली गीत राख्नुभएको थियो । कार्यक्रम थाङग्रा उपन्यासका लेखिका उपन्यासकार प्रगती राईको प्रमुख अतित्यतामा तथा पूर्बेली लोक गायिक ईन्द्र सुशील चोङबाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...