माङसेबुङ इक्ला गायन प्रतियाेगिताकाे प्रतिभा खाेज्न अडिसन शुरू

 लिम्बुवान न्युज
                       

दमक, १४ पाैष । माङसेबुङ इक्ला संस्करण ३ गायन प्रतियोगिताका लागि डिजिटल अडिसन धमाधम हुँदैछ ।

गायन प्रतिभा भएर पनि मञ्चको पर्खाइमा रहेका प्रतिभाहरुको लागि गत पुस १ बाट डिजिटल अडिसन सुरु भएको हो ।

प्रतियोगितामा सहभागि हुन इच्छुक प्रतिभाहरुका लागि गत पुस १ बाट सुरु गरिएको डिजिटल अडिसन पुस २५ गतेसम्म हुने आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष लेखनाथ चेम्जोङले जानकारी दिएका छन् ।

शनिबार माङसेबुङमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक संस्था किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले माङसेबुङ इक्ला गायन प्रतियोगिताको विषयमा जानकारी दिएका हुन् ।

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष लेखनाथ चेम्जोङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पान्जुम्भोका निवर्तमान अध्यक्ष तथा किरात इङसेका सम्पादक ज्ञानु केदेम, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह-सचिव आङबुहाङ अबोध अविरलको उपस्थित रहेको थियो ।

यसैगरी सञ्चारकर्मीहरुमा माङसेबुङ न्युज डट कमका सह सम्पादक आन्छुमे नसान, किरात आवाजका कार्यकारी सम्पादक योगेश लाओती, साक्थिम्गेन पान्जुम्भोका सचिव दिलिप माखिम, सह सचिव लाबुनहाङ केरुङ, कोषाध्यक्ष मनप्रसाद चेम्जोङ, गुरु निजी आश्रम अर्थ समितिका सचिव मिलन लाओती र सह–सचिव अनिल थोप्रा लगायतको उपस्थिति रहेको थियो ।

विज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...