ईतिहासकार ईमासिं चेम्जोङकाे एकसय २२औं जन्मजयन्ती मनाइयाे

 लिम्बुवान न्युज
                       

  • राजकुमार तेयुङ

मेयङलुङ, १८ पाैष । तेह्रथुमको म्याङलु बजारमा विभिन्न कार्यक्रमहरू सहित ईतिहासकार ईमासिं चेम्जोङकाे एकसय २२औं जन्मजयन्ती मनाएकाे छ।

भरतकाे दार्जिलिङ जिल्ला अन्तरगत कालिङपुङकाे रिन्केनपुमा आज भन्दा १ सय २२ बर्ष अगाडी जन्मेका ईतिहासकार ईमानसिं चेम्जाेङकाे बारेमा किरात याक्थुङ चुम्लुङ मेयङलुङ नगरपालिकाका नगर अध्यक्ष साम थाम्देन थाङबेनले लिम्बू समुदायकाे ईतिहासकार ईमानसिं चेम्जाेङ, सिङजङगा सिं थेबे र फाल्गुन्द लिङदेनकाे हुलाक टिकट रहेकाे ईतिहास बताउनुभयाे।

नेपाल आदिबासी जनजाती माहासंघ तेह्रथुमका अध्यक्ष बलदेब तुम्बाहाङफेले ईतिहासकार ईमानसिं चेम्जाेङ सिङ्गाे लिम्बू याक्थुङ समुदायकाे महान ब्याक्ति भएकाे बताउनुभयाे। ८७ बर्षका घनश्याम सावादेनले मान्छे मान्छेकाे समाजमा जन्मेपछि ईमानसिं चेम्जाेङले लिम्बू समुदायमा पुर्याएकाे याेगदान जस्तै हामीले पनि हाम्रो समुदायमा याेगदान पुर्याउनुपर्ने बताउनुभयाे।

किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका सल्लाहकार कृष्णमान तुम्बाहाङफेले ईतिहासकार ईमानसिं चेम्जाेङले लिम्बू समुदायमा ठूलाे याेगदान पुर्याएर जानुभएकाेले उहाले हिडेकाे गाेरेटाेहरूमा हिडनुपर्ने बताउभयाे।

यसरीनै कियाचु लिम्बू भाषा साहित्य प्रतिष्ठान तेह्रथुमका अध्यक्ष तथा रेडियो मेन्छ्यायेमका स्टेसन मेनेजर भगिश्वर तेयुङले मान्छे भएर जन्मे पछि ठूलाे या सानाे हाेस निस्वाथ्य भावनाले काम गर्दा समाजले सम्झिन्ने भएकाेले ईमानसिं चेम्जाेङकाे पथयात्रामा हामी सबै हिडन अनुराेध गर्नुभयाे।

किरात याक्थुङ चुम्लुङ तेह्रथुमकाे आयाेजनामा भएकाे कार्यक्रममा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले स्थापना गरेकाे कियाचु ईमानसिं चेम्जाेङ पुरस्कार काेषद्वारा लिम्बू भाषाकाे बिकासका निम्ति लिम्बू भाषा साहित्य लेखनमा याेगदान पुर्याकाे भन्दै म्याङलुङ नगरपालिका वाड नं ९ साब्ला फुङसीङमा टाेल बस्ने ८७ बर्षका घनश्याम सावादेन लिम्बुलाई नगत सहित सम्मान पत्रले समेत गरेकाे छ । ईतिहासकार चेम्जाेङकाे जन्म जयन्तीकाे अबसरमा किरात याक्थुङ चुम्लुङका पूर्ब केन्द्रीय सदस्य ईन्द तुम्बाहाङफे, राम तुम्बाहाङफे र दिल बहादुर साेदेम्बाले समेत आफ्नाे धारणा राख्नुभएकाे थियाे।

ईतिहासकार ईमासिं चेम्जाेङकाे १ सय २२औं जन्म जयन्ती किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चाेङबाङकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे।

सम्बन्धित समाचार

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...