पौष २५ गते याराक्मातेन (धान नाँच पार्क)को उद्घाटन हुने

,   लिम्बुवान न्युज
                       


ताप्लेजुङ्, १८ पौष । ताप्लेजुङ बजारको फुङलिङस्थित तोक्मे बजारमा निर्माणधिन ताक्वाचङ याराक्मातेन यालाङ् धान नाँच पार्कको निर्माण अन्तिम चरणमा पुगेको छ । यहि पौष २५ गते तोक्मेडाँडा शनिबारे हटियाको दिन विविध कार्यक्रम गरि सो पार्कको उद्घाटन गरिने भएको हो ।

लिम्बु याक्थुङहरुको ऐतिहासिक पहिचान तथा सांस्कृतिक अस्तित्व कायम राख्न यालाङ (धाननाँच पार्क) निर्माण गरिएको वताइएको छ । किरात याक्थुङ चुम्लुङ प्रवास समिति इजरायलको करिब ५० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गर्न लागिएको ताक्वाचाङ याराक्मातेन निमार्ण उपभोक्ता समिति ताप्लेजुङका संयोजक कृतिमान मादेनले बताउनु भयो ।

किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति ताप्लेजुङको अनुगमन तथा व्यवस्थापनमा निर्मित सो पार्क उद्घाटन कार्यक्रममा चर्चिक कलाकारहरु दिपा सुहाङ, नोगेन लिम्बु, पालाम तथा हास्य कलाकार पुष्पाञ्जली तिलिङ (चपेतीको आमा), द भ्वाइस किट्सकी फाइनलिस्ट रुक्साना लिम्बु, पालाम गायिका सुनिता केदेम लाबुङ र हाक्फारे साम्लो विश्व विजेता अम्बरजङ केदेम, स्थानीय कलाकारहरु सुरज मादेन, सावाला मादेन लगायतको बजेड प्रस्तुतीका साथै यालाङ, केलाङ् लगायत सांस्कृतिक कार्यक्रम समेत उद्घाटनसत्रमा गरिने स्थानीय समाजसेवी नविन पोमूले बताउनु भयो ।

उक्त उद्घाटन कार्यक्रममा सबै पहिचानवादीहरुलाई चुले निम्तो समेत गरिएको समाजसेवी पोमूले बताए । रेडियाे तमाेर, ताप्लेजुङ एफएम र रेडियाे कावेली ले प्रत्यक्ष प्रशारण गर्ने उनले बताएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;