क्रिस गुरुङ र कञ्चन डाँगी क्षेत्री फिचरिङ भएकाे गीत ‘गर्नु गर्याे यानिमाया’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

ललितपुर, १८ पौष । चर्चित गायिका मेलिना राई र तिलक बस्नेतको स्वरमा सजिएको अत्यन्तै मिठो गीत ‘गर्नु ग¥यो यानिमाया तम्रै मायाले’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गायक बस्नेतको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

अहिलेका चर्चिक मोडेल क्रिस गुरुङ र कञ्चन डाँगी क्षेत्रीको फिचरिङ् गरिएको गीत मगर संस्कृति झल्कनेगरी बनाइएको छ । माया पिरती झल्किने उक्त गीतले पश्चिमी भाकामा गायक द्वयले अत्यन्तै मिठो स्वरमा पस्किएका छन् ।

गायक बस्नेतकै रचना तथा संगीत रहेको गीतलाई रमेश क्षेत्रीको एरेन्ज, नरेन्द्र वियोगीको मिक्सिङ र मास्टरिङ रहेको गीतलाई वाभा स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

दिनेश पराजुलीकाे छाँयाङकन रहेकाे गीतलाइ अमृत पराजुलीले कलरिङ गरेका हुन् भने पुनम चाैधरीले मेकअप गरेका हुन् । यसैगरी गीतलाइ विष्णु बस्नेतले निर्माण गरेका हुन् ।

भिडियाे तल हेर्नुहाेलाः

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...