याम मावाेहाङ इलाम फाेनिज अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, २१ पाैष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति इलामको अध्यक्षमा याम माबोहाङ निर्वाचित भएका छन्।

शुक्रबार सदरमुकाम इलामस्थित नेपाल पत्रकार महासंघकाे हलमा सम्पन्न छैठौं जिल्ला अधिवेशनले माबोहाङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो।

नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा सङसेमी माङयुङ, सचिवमा सिर्जना श्रेष्ठ, सहसचिवमा एलिना गुरुङ र कोषाध्यक्षमा सरिता राई निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरुमा सुनिता मगर, डिना लिम्बू, सरोज जवेगू र प्रकाश साउदेन निर्वाचित भएको निर्वाचन समिति संयोजक चक्र येक्तेन (अभिषेक) ले जानकारी दिए।

संघीय महाधिवेशन प्रतिनिधिमा सटेन्द्र जवेगू, रीता राराहाङ, अतित योङहाङ, सन्तोष नेम्बाङ, सुजता सुनुवार र काकीराम लावती निर्वाचित भएका छन्। प्रदेश महाधिवेशन प्रतिनिधिमा राम योङहाङ, बुद्धमाया सोङ्मी, सुनिता राई, लोकेन थेवे, जीवन योङहाङ, सुशिल मोरोहाङ, सोम सुनुवार, सुष्मा श्रेष्ठ र तारावीर लिम्बू निर्वाचित भएका छन्।

छैठौं जिल्ला अधिवेशन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय उपाध्यक्ष कमन देवानकाे प्रमुख अातिथ्यता साथै इलामका निवर्तमान अध्यक्ष राम योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो।

फोनिज प्रदेश–१ को तेस्रो प्रादेशिक महाधिवेशन यहीँ माघ महिनामा पाँचथरको फिदिममा हुने भएको छ। त्यसैले यहीँ पुस २८ सम्ममा प्रदेश–१ अन्तर्गतका सबै जिल्ला कार्य समितिको अधिवेशन सम्पन्न गर्ने गरी संघीय र प्रदेश समितिबाट परिपत्र भएको फोनिज प्रदेश–१ अध्यक्ष तथा तेस्रो प्रादेशिक महाधिवेशन आयोजक समितिका संयोजक सन्तवीर लामाले बताए।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...