याम मावाेहाङ इलाम फाेनिज अध्यक्षमा निर्वाचित

,   लिम्बुवान न्युज
                       

दमक, २१ पाैष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति इलामको अध्यक्षमा याम माबोहाङ निर्वाचित भएका छन्।

शुक्रबार सदरमुकाम इलामस्थित नेपाल पत्रकार महासंघकाे हलमा सम्पन्न छैठौं जिल्ला अधिवेशनले माबोहाङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो।

नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा सङसेमी माङयुङ, सचिवमा सिर्जना श्रेष्ठ, सहसचिवमा एलिना गुरुङ र कोषाध्यक्षमा सरिता राई निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरुमा सुनिता मगर, डिना लिम्बू, सरोज जवेगू र प्रकाश साउदेन निर्वाचित भएको निर्वाचन समिति संयोजक चक्र येक्तेन (अभिषेक) ले जानकारी दिए।

संघीय महाधिवेशन प्रतिनिधिमा सटेन्द्र जवेगू, रीता राराहाङ, अतित योङहाङ, सन्तोष नेम्बाङ, सुजता सुनुवार र काकीराम लावती निर्वाचित भएका छन्। प्रदेश महाधिवेशन प्रतिनिधिमा राम योङहाङ, बुद्धमाया सोङ्मी, सुनिता राई, लोकेन थेवे, जीवन योङहाङ, सुशिल मोरोहाङ, सोम सुनुवार, सुष्मा श्रेष्ठ र तारावीर लिम्बू निर्वाचित भएका छन्।

छैठौं जिल्ला अधिवेशन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय उपाध्यक्ष कमन देवानकाे प्रमुख अातिथ्यता साथै इलामका निवर्तमान अध्यक्ष राम योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो।

फोनिज प्रदेश–१ को तेस्रो प्रादेशिक महाधिवेशन यहीँ माघ महिनामा पाँचथरको फिदिममा हुने भएको छ। त्यसैले यहीँ पुस २८ सम्ममा प्रदेश–१ अन्तर्गतका सबै जिल्ला कार्य समितिको अधिवेशन सम्पन्न गर्ने गरी संघीय र प्रदेश समितिबाट परिपत्र भएको फोनिज प्रदेश–१ अध्यक्ष तथा तेस्रो प्रादेशिक महाधिवेशन आयोजक समितिका संयोजक सन्तवीर लामाले बताए।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;