मुक्कुमलुङ संरक्षण तथा केवलकार खारेजी आन्दोलनमा पक्राउ परेका भए रिहाईः अनिश्चितकालिन बन्दका क्रममा झापाबाट पक्राउ परेकाहरु रिहाई

,   लिम्बुवान न्युज
                       


दमक, २१ पौष । मुक्कुमलुङ संरक्षण तथा केवलकार खारेजी आन्दोलनमा पक्राउ परेकाहरु रिहाई भएका छन् । आइतबार साँझ उनीहरुलाई जिल्ला प्रहकारी कार्यालय ताप्लेजुङले रिहाई गरेको पहिचानवादी नेत्री रिता मादेनले वताईन् ।
मुक्कुम्लुङ संयुक्त सङ्घर्ष समितिसहित मुक्कुम्लुङ संरक्षणमा संलग्न संघसंस्थाहरूले मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग राख्दै आन्दोलन गरिरहेका योद्धाहरुलाई पौष १७ गते तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा जनम इधिङ्गो, सुशील नुगो र सन्जोक नुगो रहेका छन् ।
आन्दोलनरत संगठनहरुले एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ भित्र अनिश्चित कालका लागि यातायात बन्द गर्ने घोषणा गरेको थियो ।

यसैगरी पक्राउ परेका माथि कुटपिट भएकाे साथै भिजिलान्तेहरूबाट अान्दाेलनकारीमाथि हातपात भएकाेमा संघर्ष समितिले निन्दा गरेकाे छ । साथै सरकारकाे ज्याजाति प्रति भत्सना गरेकाे छ ।

सरकारको अन्याय, ज्यादाति र जातीय साम्प्रदायिक कार्यको विरोध गर्न केवलकार खारेज नभएसम्म ठूलो फेदीबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता नभएसम्म आन्दोलन निरन्तर गरिने पहिचानवादी नेत्री सुरु सिंगकले वताइन् ।
विभिन्न संघ संस्थाहरुले आफ्नो माग पूरा गर्न २० गते अर्थात् शनिबारसम्मको अल्टिमेटम दिएका थियो । ताप्लेजुङमा मुक्कुम्लुङ संयुक्त संघर्ष समितिसहित मुक्कुम्लुङ संरक्षणमा संलग्न संघसंस्थाहरूले आइतबारदेखि अनिश्चितकालीन यातायात बन्दको घोषण गरेका छन् ।
संघर्ष समितिले यातायात बन्द गरेसँगै यात्रुहरूको बिचल्ली भएको बताइएको छ । आन्दोलनकारीहरुले मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङभित्र अनिश्चित कालका लागि यातायात बन्द घोषणा गरेको थियो ।

यसैगरी आज भएको अनिश्चितकालीन बन्दको क्रममा झापाको चारआलीबाट पक्राउ परेको दुई आन्दोलनकारीलाई प्रहरीले रिहाई गरेको छ । पक्राउ पर्नहुनेहरुमा पहिचान वादी मोर्चाका संघीय सदस्य यलम्बर लिम्बु र पाँचथर जिल्ला सदस्य सचिव सुन्दर लावती काङसोरे हुन् । उनीहरु विहान पक्राउ परेका थिए । उनीहरु रिहाई भएको पहिचानवादी मोर्चाका संघीय सदस्य तथा महिला नेत्री गंगा सेर्मा लिम्बुले लिम्बुवानखबरलाई वताइन् ।
पहिचान पक्षधर तथा मुक्कुमलुङ संरक्षण समिति लगायत विभिन्न संस्थाहरूले आफ्ना माग पूरा गर्न २० गते अर्थात् शनिबारसम्मको अल्टिमेटम दिएका थिए । तर, उक्त समयसम्ममा पनि माग पूरा नभएपछि बन्दको घोषणा गरिएको मुक्कुम्लुङ संघर्ष समितिले जनाएको छ । यातायात बन्द हुँदा ताप्लेजुङबाट जिल्लाका आठ स्थानीय तह जाने यात्रुहरू, जिल्लाबाट बहिर झापाको बिर्तामोड, इलाम, पाँचथार, सुनसरीको धरान, मोरङको विराटनग लगायतका स्थानमा जाने यात्रुहरू मारमा परेका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;