मुक्कुमलुङ संरक्षण तथा केवलकार खारेजी आन्दोलनमा पक्राउ परेका भए रिहाईः अनिश्चितकालिन बन्दका क्रममा झापाबाट पक्राउ परेकाहरु रिहाई

 लिम्बुवान न्युज
                       


दमक, २१ पौष । मुक्कुमलुङ संरक्षण तथा केवलकार खारेजी आन्दोलनमा पक्राउ परेकाहरु रिहाई भएका छन् । आइतबार साँझ उनीहरुलाई जिल्ला प्रहकारी कार्यालय ताप्लेजुङले रिहाई गरेको पहिचानवादी नेत्री रिता मादेनले वताईन् ।
मुक्कुम्लुङ संयुक्त सङ्घर्ष समितिसहित मुक्कुम्लुङ संरक्षणमा संलग्न संघसंस्थाहरूले मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग राख्दै आन्दोलन गरिरहेका योद्धाहरुलाई पौष १७ गते तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा जनम इधिङ्गो, सुशील नुगो र सन्जोक नुगो रहेका छन् ।
आन्दोलनरत संगठनहरुले एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ भित्र अनिश्चित कालका लागि यातायात बन्द गर्ने घोषणा गरेको थियो ।

यसैगरी पक्राउ परेका माथि कुटपिट भएकाे साथै भिजिलान्तेहरूबाट अान्दाेलनकारीमाथि हातपात भएकाेमा संघर्ष समितिले निन्दा गरेकाे छ । साथै सरकारकाे ज्याजाति प्रति भत्सना गरेकाे छ ।

सरकारको अन्याय, ज्यादाति र जातीय साम्प्रदायिक कार्यको विरोध गर्न केवलकार खारेज नभएसम्म ठूलो फेदीबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता नभएसम्म आन्दोलन निरन्तर गरिने पहिचानवादी नेत्री सुरु सिंगकले वताइन् ।
विभिन्न संघ संस्थाहरुले आफ्नो माग पूरा गर्न २० गते अर्थात् शनिबारसम्मको अल्टिमेटम दिएका थियो । ताप्लेजुङमा मुक्कुम्लुङ संयुक्त संघर्ष समितिसहित मुक्कुम्लुङ संरक्षणमा संलग्न संघसंस्थाहरूले आइतबारदेखि अनिश्चितकालीन यातायात बन्दको घोषण गरेका छन् ।
संघर्ष समितिले यातायात बन्द गरेसँगै यात्रुहरूको बिचल्ली भएको बताइएको छ । आन्दोलनकारीहरुले मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङभित्र अनिश्चित कालका लागि यातायात बन्द घोषणा गरेको थियो ।

यसैगरी आज भएको अनिश्चितकालीन बन्दको क्रममा झापाको चारआलीबाट पक्राउ परेको दुई आन्दोलनकारीलाई प्रहरीले रिहाई गरेको छ । पक्राउ पर्नहुनेहरुमा पहिचान वादी मोर्चाका संघीय सदस्य यलम्बर लिम्बु र पाँचथर जिल्ला सदस्य सचिव सुन्दर लावती काङसोरे हुन् । उनीहरु विहान पक्राउ परेका थिए । उनीहरु रिहाई भएको पहिचानवादी मोर्चाका संघीय सदस्य तथा महिला नेत्री गंगा सेर्मा लिम्बुले लिम्बुवानखबरलाई वताइन् ।
पहिचान पक्षधर तथा मुक्कुमलुङ संरक्षण समिति लगायत विभिन्न संस्थाहरूले आफ्ना माग पूरा गर्न २० गते अर्थात् शनिबारसम्मको अल्टिमेटम दिएका थिए । तर, उक्त समयसम्ममा पनि माग पूरा नभएपछि बन्दको घोषणा गरिएको मुक्कुम्लुङ संघर्ष समितिले जनाएको छ । यातायात बन्द हुँदा ताप्लेजुङबाट जिल्लाका आठ स्थानीय तह जाने यात्रुहरू, जिल्लाबाट बहिर झापाको बिर्तामोड, इलाम, पाँचथार, सुनसरीको धरान, मोरङको विराटनग लगायतका स्थानमा जाने यात्रुहरू मारमा परेका छन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...