आइतबार, २१ पुष, २०८१ रातीको ०९:२९ बजे,
लिम्बुवान न्युज
दमक, २१ पाैष । गायक दिपक लिम्बू र गायिका निरन्ता नेम्बाङको आवाज रहेको पालाम ‘फेदापे’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
खगेन्द्र पन्धाक लिम्बूको छायांकन तथा निर्देशन रहेको पालाम ‘फेदापे’ को म्युजिक भिडियो सेमिहाङ क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा सेमिहाङ सिंगक र रेखा लिम्बूले अभिनय गरेका छन् ।
पालाममा चन्द्र कुबेर खापुङको शव्द संकलन र अशारसिं निङलेकुको लय संकलन रहेको छ । यस पालामको अडियो तिर्थराज मादेम्बा लिम्बूले निर्माण गरेका हुन् ।
भिडियोमा सेमिहाङ र रेखा अलावा तिर्थराज मादेम्बा, दिपक लिम्बू, निरन्ता नेम्बाङ, रीता श्रेङ चोङबाङ, नैनकला वनेम, चन्द्र कुमारी आङला मादेम्बा, इङजुम मादेम्बा र निर्मला आङलाको समेत अभिनय रहेको छ ।
तिर्थराज मादेम्बाको परिकल्पा रहेको भिडियोमा रेखा लिम्बूको मेकअप रहेको छ । जय प्रकाश लिम्बूको सहायक छायांकन तथा सहायक निर्देशन रहेको भिडियोमा खगेन्द्र पन्धाक लिम्बूकै सम्पादन र कलर रहेको छ ।
पालाम ‘फेदापे’ फेदापको लवज हो र फेदापथुम याक्थुङ् सभ्यताको पुरातन सभ्यता हो । फेदापको लवज र लय याक्थुङ् सभ्यताको सौन्दर्य प्रस्तुत गरिएको पालाम आम दर्शकको लागि रुचि बन्न सक्छ ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...