शिवाकोटी पूर्पक्षका लागि कारागार चलान

 लिम्बुवान न्युज
                       

दमक, २३ पौष । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत झापाले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । शिवाकोटीको स्वास्थ्य अबस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको छ ।

शिवाकोटीको स्वास्थ्य अवस्था जटिल भएको निवेदन परेपछि कारागार प्रशासनले अदालतको आदेश बमोजिम विर्तामाेडस्थित बि एण्ड सीमा उपचारको व्यवस्था मिलाएको छ ।  सुगरप्रेसर, ढाड र नसा सम्बन्धी समस्याले थलिएका शिवाकोटीको यसअघि पनि उपचाररत थिए ।

कारागार प्रशासक रेवन्त भट्टराईका अनुसार अदालतको आदेश र डाक्टरको रायसमेतका आधारमा उपचारको व्यवस्था मिलाइएको जनाइएको छ । आदेशमा उहाँको स्वास्थ्य अवस्था ख्याल गर्दै उपचारको व्यवस्था मिलाउन भनिएको प्रशासक भट्टराईले जनाएका छन् ।

शिवाकोटीसँग अदालतले सोमवार बयान लिएको थियो ।  पक्राउ परेका शिवाकोटीलाई प्रहरीले १२ देखि १४ बर्षसम्म कैद सजायको माग सहित अदालतमा पेश गरेको थियो ।

शिवाकोटीलाई प्रहरीले गत मंसिर २४ गते काकडभिट्टाबाट पक्राउ गरेको थियो । पूर्व मेयर शिवाकोटी विर्तामोडका व्यवसायी पनि हुन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...