फाेनिज प्रदेश नं. १ काे महाधिवेशन पान्थरकाे फेदेनमा हुने

 लिम्बुवान न्युज
                       

फेदेन, २४ पाैष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रदेश नं. १ को प्रादेशिक महाधिवेशन हुने भएकाे छ । महाधिवेशन आगामी माघ ५ देखि ७ गते तीनदिनसम्म पाँचथरको फेदेनमा हुने भएको हाे ।

मंगलबार फिदिममा प्रदेश अध्यक्ष सन्तबिर तामाङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश १ का महासचिव विनोद कुमार सुब्बा (सन्देश) ले बताएका छन् ।

उक्त बैठकमा केन्द्रीय सदस्य सुजता लिम्बू, विजय बाेध लावती, राजेन्द्र दुष्ट, पाँचथर अध्यक्ष रामचन्द्र तामाङसहित प्रदेश र जिल्ला पदाधिकारीहरूको उपस्थिति रहेको सुब्बाले बताए ।

महाधिवेशनका अवसरमा विभिन्न जातजातिका सांस्कृतिक नृत्य प्रदर्शन र पर्यटकीय क्षेत्रहरूको भ्रमण आयोजना गरिने जिल्ला अध्यक्ष तामाङले जानकारी दिए । उद्घाटन समारोहका लागि प्रमुख अतिथि पूर्व संघीय मन्त्री सुदन किराँती उपस्थित हुने तयारी गरिएको छ भने फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राईको पनि उपस्थिति रहने बताइएकाे छ।

महाधिवेशनको बन्द सत्रमा निर्वाचन मण्डलसमेत गठन गरिएको छ । निर्वाचन मण्डलको संयोजकमा दिपिन राई तथा सदस्यहरूमा अधिवक्ता सन्त कुमार राई र निभिका सुब्बा रहने निर्णय गरिएको छ । महाधिवेशनले प्रदेश १ का लागि नयाँ नेतृत्व चयन बताइएकाे छ ।

त्यस्तै, फोनिजको पाँचथर जिल्ला अधिवेशन पुस २९ गते फिदिममा आयोजना गरिने जिल्ला अध्यक्ष तामाङले जानकारी दिएका छन् । इलाम जिल्ला अधिवेशन सम्पन्न भएकाे सकेकाे छ भने प्रदेश १ अन्तर्गतका अन्य जिल्लाहरूमा पनि पुष मसान्तसम्ममा अधिवेशन सम्पन्न गर्ने निर्देशन दिइएकाे प्रदेश अध्यक्ष लामाले लिम्बुवान खबरलाइ बताएका छन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...