रमेश अधिकारी निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, २४ पाैष । निर्माण व्यवसायी संघ झापाको औँ अधिवेशनबाट अध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन् ।

दमकका अभिकारी १६३ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी भद्रपुरका इन्जिनियर प्रकाशकुमार सिंहले १४२ मत प्राप्त गरे ।

 

त्यस्तै, सहकोषाध्यक्षमा अर्जुनधाराका सुरेन्द्र धिमाल निर्वाचित भएका छन् । सहकोषाध्यक्ष पदका लागि तीनजनाबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये धिमाल १०४ मत ल्याई निर्वाचित भएका हुन् । एंगल गुरुङले ९९ र सुरेश भट्टराईले ९८ मत प्राप्त गरे ।

 

 

 

त्यस्तै, सदस्यहरुमा प्रवीण कटवाल २४६, मनोज उप्रेती २२४, इन्जिनियर विवेक जवेगू २२५, गंगाप्रसाद गौतम २२४, दिनेश मैनाली २२२, ज्ञानबहादुर तामाङ २००, इन्जिनियर डालिम खड्का १९९, आशिष बान्तवा १९५, उद्धव कुँवर १९३ र भरत भट्टराई १९१ मत ल्याई निर्वाचित भएका छन् । १० जना सदस्यका लागि १५ जनाले उम्मेदवारी दिएका थिए ।

अध्यक्ष, सहकोषाध्यक्ष र सदस्यबाहेक बाँकी पदहरुमा यसअघि नै निर्वारोध भइसकेको थियो । संघको प्रथम उपाध्यक्षमा केदार गिरी, द्वितीय उपाध्यक्षमा राजकुमार राई, तृतीय उपाध्यक्षमा नयन बराल, महासचिवमा पुष्पराज निरौला, सचिवमा लोकेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा यज्ञनिधि भुर्तेल र महिला सदस्यमा कमला थाम्सुहाङ निर्विरोध भएका थिए ।

निर्माण व्यवसायी संघ झापामा ३७४ जना सदस्य रहेकोमा ३०५ जनाले मतदानमा भाग लिएको निर्वाचन समितिका संयोजक गोपाल थापाले बताए । मतदान निर्माण व्यवसायी संघको सभाहलमा भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...