
दमक, २७ पाैष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) जिल्ला कार्य समिति सुनसरीको पाचौं अधिबेशन सम्पन्न भएकाे छ । शुक्रबार इटहरीमा भएकाे अधिवेशनले सुनिल चाैधरी अध्यक्ष पदमा बिजयी भएका हुन् ।
सहमति हुन नसकेपछि अध्यक्ष पदका प्रत्यासी भाेला श्रेष्ठ र सुनिल चाैधरीकाे प्रतिस्पर्धा हुदा अध्याधिक मतकाे अन्तरमा अध्यक्ष पदमा सुनिल चाैधरी बिजयी भएका हुन् ।
यसरी नै समितिकाे उपाध्यक्ष पदमा हिमाल राई, सचिव प्रमिला राई, सहसचिव रश्मि प्रधान, काेषाध्यक्ष स्वर्णिम राई, संस्थागत सदस्य बुद्वहाङ लिम्बू, संस्थागत सदस्य सचिन राई, महिला सदस्य स्मारिका राई, महिला सदस्य टिना चेम्जोङ, अल्पसंख्यक सदस्य कमानसिङ याम्फु, खुल्ला सदस्यहरूमा सैलेन्द्र चाैधरी र धनराज राई निर्बिराेध चयन भएका हुन ।
फाेनीजकाे १ नम्बर प्रदेशको प्रादेशिक महाधिवेशन माघ ५,६ र ७ गते पाँचथरकाे फिदिममा हुने तय भएसँगै बिभिन्न जिल्लाहरुमा धमाधम अधिबेशन भइ रहेकाे प्रदेश अध्यक्ष सन्तवीर राइले बताएका छन् ।
यसैगरी संखुवासभा, उदयुपर, माेरङ, तेह्रथुम, खाेटाङ, साेलु, भाेजपुरमा पनि हुने वताइएकाे छ । इलाम, पान्थर र ताप्लेजुङमा सम्पन्न भएकाे सकेकाे छ भने झापा जिल्लाले भने मिति तय भइ नसकेकाे जनाएकाे छ ।
शुक्रबार सहमति हुन नसकेपछि सुनसरी जिल्लाकाे अ भएकाे अधिबेशनमा अत्याधिक मत पाएर सुनिल चाैधरी बिजयी भएका हुन ।