उपेन्द्र येक्तेनको अध्यक्षतामा पान्थर फाेनिज नयाँ कार्य समिति निर्वाचित

 लिम्बुवान न्युज
                       

पाँचथर, २ माघ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको पाँचौं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ।

फिदिम–१ फाल्गुनन्द चोकस्थित नेपाल पत्रकार महासंघको सभाहलमा सम्पन्न अधिवेशनले उपेन्द्र येक्तेनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हाे।

समितिको उपाध्यक्षमा अजेन्द्र वाइबा तामाङ, सचिव सुवाश राई, सह–सचिव शर्मिला मुखिया र कोषाध्यक्ष रजनी हाङसरुम्बा निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा राजकुमार इशारा राई, भिम चेम्जोङ, भुपेन योङहाङ, इच्छामाया साँवा र तागेरा तावाहाङ निर्वाचित भएका छन्। सबै पदाधिकारी तथा सदस्य सर्वसम्मत निर्वाचित भएका हुन्।

प्रदेश महाधिवेशन प्रतिनिधिमा विजयबोध लाओती, भवानी तावा, नारायण तुम्बापो, रामचन्द्र तामाङ, रोहित आङबो, मौसम सम्बाहाम्फे र चित्रकला हाङसरुम्बा निर्वाचित भएका छन्। संघीय महाधिवेशन प्रतिनिधिमा कबिन्द्र शेर्मा, सन्देश सुब्बा, सेसेहाङ लाओती र इवारा जबेगु निर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि, फोनिज संघीय लेखा समिति संयोजक चन्द्र पन्दाकले गरेका थिए। उद्घाटन समारोहमा प्रमुख अतिथि पन्दाकसँगै नेपाल पत्रकार महासंघ पाँथचरका अध्यक्ष भिम बाँस्कोटा, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद पाँचथरका सचिव बिकेन्द्र वाइबा, किरात याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष सुरेन शिशिर केरुङ, प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुइटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

अधिवेशनको अवसरमा पत्रकार सुवाश राई र रजनी हाङसरुम्बालाई सम्मान–पत्र सहित पाँच–पाँच हजार रुपैंयाँ राशीको फोनिज प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। पाँचौं जिल्ला अधिवेशनको उद्घाटन समरोह फोनिज पाँचथरका निवर्तमान अध्यक्ष रामचन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;