उपेन्द्र येक्तेनको अध्यक्षतामा पान्थर फाेनिज नयाँ कार्य समिति निर्वाचित

 लिम्बुवान न्युज
                       

पाँचथर, २ माघ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको पाँचौं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ।

फिदिम–१ फाल्गुनन्द चोकस्थित नेपाल पत्रकार महासंघको सभाहलमा सम्पन्न अधिवेशनले उपेन्द्र येक्तेनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हाे।

समितिको उपाध्यक्षमा अजेन्द्र वाइबा तामाङ, सचिव सुवाश राई, सह–सचिव शर्मिला मुखिया र कोषाध्यक्ष रजनी हाङसरुम्बा निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा राजकुमार इशारा राई, भिम चेम्जोङ, भुपेन योङहाङ, इच्छामाया साँवा र तागेरा तावाहाङ निर्वाचित भएका छन्। सबै पदाधिकारी तथा सदस्य सर्वसम्मत निर्वाचित भएका हुन्।

प्रदेश महाधिवेशन प्रतिनिधिमा विजयबोध लाओती, भवानी तावा, नारायण तुम्बापो, रामचन्द्र तामाङ, रोहित आङबो, मौसम सम्बाहाम्फे र चित्रकला हाङसरुम्बा निर्वाचित भएका छन्। संघीय महाधिवेशन प्रतिनिधिमा कबिन्द्र शेर्मा, सन्देश सुब्बा, सेसेहाङ लाओती र इवारा जबेगु निर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि, फोनिज संघीय लेखा समिति संयोजक चन्द्र पन्दाकले गरेका थिए। उद्घाटन समारोहमा प्रमुख अतिथि पन्दाकसँगै नेपाल पत्रकार महासंघ पाँथचरका अध्यक्ष भिम बाँस्कोटा, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद पाँचथरका सचिव बिकेन्द्र वाइबा, किरात याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष सुरेन शिशिर केरुङ, प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुइटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

अधिवेशनको अवसरमा पत्रकार सुवाश राई र रजनी हाङसरुम्बालाई सम्मान–पत्र सहित पाँच–पाँच हजार रुपैंयाँ राशीको फोनिज प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। पाँचौं जिल्ला अधिवेशनको उद्घाटन समरोह फोनिज पाँचथरका निवर्तमान अध्यक्ष रामचन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...