भक्का दिवसमा दमकमा परम्परागत भक्का खाँदै मनाइयो

 लिम्बुवान न्युज
                       

दमक, २ माघ । भक्का दिवसको अवसरमा दमक नगरपाकिलास्थित प्राङ्गणमा एक कार्यक्रम गरि परम्परागत भक्का खाँदै मनाइएको छ । बिशेष गरी पूर्वी तराईका राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समुदायको परम्परागत खानेकुराका रुपमा रहेको भक्काको प्रवद्र्धन गर्न स्थानीय सरकार तथा संस्थागतहरु समेत अग्रसर हुन थालेका छन् ।
चामलको सुख्खा पिठो बनाएर तातो पानी उमाल्दै सेतो कपडामा बटुकाको आकार दिएर पानीको वाफको सहायताबाट पकाएको खानेकुरानै भक्का हो ।
विगतमा आदिवासीहरुको सिमित रहेको भक्का यतिवेला आयआर्जनको रुपमा पनि लिने गरिन्छ । विशेष गरी आदिवासी महिलाहरु भक्का बेचेर नै आफ्नो बालबच्चा पढाउने देखिलिएर घरखर्च सम्म गर्न मद्दत पुगेको बताउने गरेको पाइन्छ । आजकल आफ्नो इच्छा अनुसार तातो चिया वा स्वादिलो टमाटरको अचार, नुन खुर्सानीको धुलोसँग खाजाका रुपमा खाने चलन रहेको छ ।
दमक नगरपालिकाले पहिलो पटक यसबर्ष राष्ट्रिय भक्का दिवसलाई बिशेष महत्वकासाथ मनाएको हो ।
दमक नगर भित्र दशकौं अघिदेखि भक्का बनाएर विक्री गर्दै जिविकोपार्जन गर्दै आएका ३ जना महिलालाई नगरले न्यानो कपडा पहिराएर सम्मान समेत गरेको छ ।


नगरपालिका परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ), प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीसहितले भक्का व्यवसायी महिलाहरु ललिता राजबङ्शी, शान्ती कहार र कम्पन खवासलाई सम्मान गरेका हुन् ।
उनीहरु तीस बर्ष अघिदेखि भाक्का बनाएर बेच्ने पेशामा रहेकाले पेशागत निरन्तरताको सम्मान गरिएको नगरपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिइन् ।
उनीहरुलाई सम्मानसगै ६७ जनालाईनै जनही एक÷एक थान हटकेस, सिल्बरको आरी र नाङ्गलो प्रदान गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी कर्मचारी जमुना पौडेलले जानकारी दिइन ।
नगरपालिकाले सार्वजनिक सूचना मार्फत आव्हान गर्दै नगर भित्रका विभिन्न ठाउँमा भक्का व्यवसाय गर्ने ६२ जना महिलालाई भक्का पकाउने सामग्रीसहित जम्मा गरेर स्टलनै सञ्चालन गरेको थियो ।
राजवंशी समाज विकास समिति दमकको समन्वयमा सञ्चालित सो कार्यक्रममा समितिका दमक नगर अध्यक्ष भरुवा राजवंशीले नगरपालिकाले पहिलो पटक यस किसिमको विशेष महत्व राखेर भक्का दिवस मनाएकोमा खुशी लागेको सुनाए । उनले सानो पुँजीको लगानीमा राम्रो आम्दानी गर्ने र महिलाहरुको आय आर्जनमा सघाउने भक्का व्यवसाय आफैंमा महत्वपूर्ण भएको अध्यक्ष राजवंशीले चर्चा गरे ।
दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको सभापतित्व र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कार्यपालिका सदस्य लोकबहादुर धिमालले स्वागत मन्तव्य राखेका थिए ।
वडाध्यक्षहरु हरिप्रसाद न्यौपाने, टेकबहादुर थापा, कुबेर भट्टराई , कार्यपालिका सदस्यहरु लोकबहादुर धिमाल, ख्यामकुमारी परियार, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारी लगायत जनप्रतिनिधि , कर्मचारी एवं सञ्चारकर्मीहरुसाथै सर्वसाधारणहरु सहभागी थिए ।
सो अवसरमा नगरपालिकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपाने र वातावरण अधिकृत भुवन बरालले भक्काको स्वस्थता र गुणस्तरका लागि अपनाउनु पर्ने सावधानी र वातावरण संरक्षणका लागि अपनाउनु पर्ने बिषयहरुमा सहजीकरण गरेका थिए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...