फाेनिज तेह्रथुम अध्यक्षमा वबिता राइ निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, ४ माघ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुम जिल्ला शाखा समितिको पाँचौ अधिबेशन सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष सन्तबीर लामाको प्रमुख आतिथ्यतामा फोनिज तेह्रथुम जिल्ला शाखा समितिको पाँचौ अधिबेशनबाट वबिता राईको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो ।

समितिका उपाध्यक्षमा कृष्णमान तामाङ, सचिवमा धन बहादुर लिम्बू, उपसचिवमा सबिना लिम्बू र कोषाध्यक्षमा साम थाम्देन “थाङ्देन” चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा क्रमशः सन्ध्या लिम्बू,चिन कुमार लिम्बू,सोमी लिम्बू र बुद्वी तामाङ चयन भएको निर्वाचन समिति सदस्य टि आर सेनेहाङले बताए ।

यसैगरी अधिबेशनले १ नम्बर प्रदेश महाधिवेशन प्रतिनिधिमा टिआर सेनेहाङ, प्रकाश पाक्साङ्वा र रेवत पारघरी रहेका छन् भने संघीय महाधिवेशन प्रतिनिधिमा भगिश्वर तेयुङ लिम्बू (मनोज) र जितलाल कुरुम्भङ लिम्बू छनौट भएका छ्न ।

कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुम जिल्ला शाखा समिति कोषाध्यक्ष कृष्णमान तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;