नाटक ‘मुक्कुमलुङ’ काे मण्डलामा मञ्चन शुरू

 लिम्बुवान न्युज
                       

ललितपुर, ४ माघ । लिम्बू समुदायको सांकृतिक धरोहर र इतिहास झल्काउने नाटक ‘मुक्कुम्लुङ’को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि यो नाटकको नियमित मञ्चन हुने भएकाे हाे ।

यो नाटकले मुजिङ्ना खेयङ्नाका माध्यमबाट किराँत समुदायको प्रारम्भिक मानव सभ्यता, याक्थुङ प्रकृतिसँगको सम्बन्ध र उनीहरुले भोगेका संघर्षलाई चित्रण गर्नेछ ।

यस्तै, यो नाटकले मुक्कुम्लुङमा आधुनिकताले ल्याएको संकट र आफ्नो अस्तित्व जोगाउन गरिएको प्रयासलाई पनि प्रस्तुत गरेको छ । यो नाटकको बिहिबार मण्डलामा प्रिमियर गरिएको थियो ।

एक थिएटर नेपालको सहकार्यमा चुलाचुली रङ्गमञ्चको प्रस्तुति रहेको नाटक माघको २७ गतेसम्म मञ्चन हुनेछ । अनिल सुब्बाको परिकल्पना तथा  निर्देशनमा रहेको नाटक सोमबारबाहेक हरेक साँझ ५ बजे र शनिबार दिउँसो अतिरिक्त १ बजे पनि मञ्चन हुनेछ ।

यो नाटकमा विष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बु, सौजन सेनेहाङ लगायतका कलाकारहरुको अभिनय छ । मुकुम्लुङ माथि राज्य सत्ताले अतिक्रमण गरेसँगै बहस शुरू भएकाे हाे । यतिवेला पुँजीवादीहरूले केवलकार निर्माण गर्ने याेजना शुरू भएसँगै मुक्कुम्लुङमा अान्दाेलन शुरू भएकाे छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...