तारादेवी १९औैं पुण्य स्मृति भव्य साङ्गीतिक कार्यक्रम

 लिम्बुवान न्युज
                       

ललितपुर, १० माघ । स्वर किन्नरी तारा देवीको १९औैं पुण्य स्मृतिको अवसरमा राजधानीमा बुधबार भव्य साङ्गीतिक
कार्यक्रम आयोजना गरिएको छ । उनको १९औैं पुण्यतिथिमा सम्झनामा तारा देवी नामक स्रष्टा
सम्मान तथा संगीतिक कार्यक्रम जमल स्थित राष्ट्रिय नाच घरमा “सम्झनामा तारा देवी” नामक स्रष्टा
सम्मान तथा संगीतिक कार्यक्रम : समारोह आयोजना गरेको हो।

समारोहमा वरिष्ठ गीतकार गीतकार चाँदनी शाह, वरिष्ठ संगीतकार सीके रसाईली र वरिष्ठ लोक
गायिका तीर्थ कुमारी थापालाई जनही २५ हजार रुपियाँ र ताम्रपत्र सहित “स्वर किन्र्री स्मृति सम्मान
२०८१” बाट सम्मानित गरेको छ। कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायिका-गायकले
स्वर किन्नरीका कालजयी गीत प्रस्तुत गर्दै उनी प्रति श्रद्धा सुमन व्यक्त गरेका थिए।

कार्यक्रममा गायिका गीता पाण्डेले स्वर किन्नरी तारा देवीको कालजयी गीत “सुनगाभा जस्तो जिवन”
गाएर सबैलाई मन्त्र मुग्ध बनाएका थिए साथै गायिकाहरु ममता गुरुङले “रिमझिम रिमझिम”, गायिका
प्राशन्ना शाक्यले “यो दाग पिरतीको”, गायिका बबिना भट्टराईले “तिमि तिरमा उभी देउ”, वरिष्ठ
गायिका शर्मीला वर्देवाले “आमा भएर बोकी हेर” गायिका जुनु गौतमले “फूलै फूलको मौसम तिमीलाई”
गायिका अन्जुली हमालले “तिमिले दिएका” गायिका रिता के सीले “उकाली ओरालीहरुमा” गायिका सुधा
शेर्पाले “नौ सय खोला तरेर” साथै गायिका सरस्वती मानन्धरले “शुभकामना” गाएर वाहवाही पाएका
थिए ।

विभिन्न गायक गायिकाको समूहले “उसको ममता मेरो” गाएको कार्यक्रममा आस्था कला केन्द्रका
कलाकारहरुले “फूलको थुङगा बहेर गयो गीत” मा कन्टेम्पोरेरी फर्मको नृत्य प्रस्तुत गर्दा अधिकांश
दर्शकका आँखा रसाएका थिए ।

युगल गीतहरु प्रितम गुरुङ तथा अनामिका सिंहले “अँध्यारोंमा एउटा बत्ती, राम विर मानन्धर तथा
त्रितिया गुरुङले “ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो”, रुपक चौधरी तथा झुमा निरौलाले “फूलै फूलको
मौसम” तथा सन्जिव आले मगर तथा अन्जुली हमालले “आज योवनलाई” साथै राजेन्द्र श्रेष्ठ तथा गीता
पाण्डेले “घाममा पनि माया” बेजोड प्रस्तुत गरेका थिए ।

फाउण्डेशनका अध्यक्ष दीपक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव शोभन सायजू
कार्यक्रम संयोजक तथा कोषाध्यक्ष रमेश थापा कार्यक्रम व्यवस्थापक गर्नुभएको थियो।
२००२ साल माघ २ गते जन्मिएका स्वर किन्नरी तारा देवीको माघ ८ गते निधन भएको थियो। उनका
अधिकांश आधुनिक गीत लोकप्रिय छन्।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...