ललितपुर, १४ माघ । मुक्कुमलुङ (पाथिभरा) क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केवलकार पक्षले भोली माघ १५ गते देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । विभिन्न छ वटा संघ संगठनहरूले संयुक्त विज्ञप्ती जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा समेत गरेका हुन् ।
मेची हाइवे, तमोर करिडोर, साथै तेह्रथुमबाट ताप्लेजुङ प्रबेश गर्ने नाकाहरुमा यातायात बन्दको घोषणा गरिएको मुकुम्लुङ सरक्षण संयुक्त समितिका संयोजक श्री लिखिमले जानकारी दिनुभयो ।
केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्नुपर्ने नियन्त्रणमा लिइएको योद्दाहरुकोे बिनासर्त रिहाई, झुटा मुद्धाहरु लगाउन बन्द गर्नुपर्ने बिज्ञप्ती मार्फत माग गरिएको छ ।
यस्तै मुक्कुमलुङ प्रेमीहरुलाई गोली हान्न आदेश दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले सार्बजनिक रुपमा माफी माग्नुपर्ने माग पनि गरिएको विज्ञप्तिमा उल्लेखछ ।
यस्तै शनिबार भएको गोली प्रहारको घटनाले आन्दोलन नयाँ चरणमा प्रबेश गरेको संघर्षरत पक्षले बताएको छ । शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएको समुहमा गोली चलाइएकाले अनिश्चितकालीन बन्द आह्वान गर्न बाध्य भएको संघर्षरत पक्षले जनाएको छ ।
ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, लगायतका ग्लोबल आइ.एम.इ बैँक बन्द गर्नुपर्ने, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र निर्माण व्यवसायी रुद्र पौडेललाई जिल्ला प्रबेशमा रोक लगाउने, फुङलिङ नगर प्रमुख अमिर मादेनलाई जिल्ला बाहिर निषेध गर्ने, राज्य आतङक, प्रहरी दमन र केबलकार निर्माण खारेजी लगायतका बिषयमा कोषसभा गर्ने पनि विज्ञप्ती मार्फत जनाइएको छ ।
शनिबार साँझ अान्दाेलनरत पक्ष माथि एक्कासी शसस्त्र प्रहरीले हवाइ फायर र अाक्रमण गरी ५ जना घाइते भएका छन् भने अन्य कति भए त्यसकाे यकिन तथ्याङक अहिले पनि नजुटेकाे संघर्ष समितिले जनाएकाे छ । यसैगरी जिल्ला प्रहरी ताप्लेजुङका अनुसार २१ जना प्रहरी घाइते भएकाे बताइएकाे छ ।
घाइते तीन जनाकाे काठमाडाैंस्थित टिचिङ अस्पतालमा सघन कक्षामा उपचार भइरहेकाे नेत्री सरू सिंगकले बताउनु भयाे ।
प्रेस विज्ञप्ति

