आईएमई बैंकको केन्द्रीय कार्यालय काठमाडौं र प्रदेश १ नं. का सबै शाखामा एकपटक धर्ना

 लिम्बुवान न्युज
                       

ललितपुर, १४ माघ । मुक्कुमलुङ संयुक्त संघर्ष समिति, विभिन्न जातीय संगठन, राजनैतिक दल लगायत मोर्चाले आई एम ई बैंकको केन्द्रीय कार्यालय कमलादी र प्रदेश नं. १ को सबै शाखाहरुमा सोमबार एकैपटक धर्ना कार्यक्रम गरेको छ । ताप्लेजुङस्थित प्रसिद्ध मुन्धुमी धार्मिक आस्थाको धरोहर मुक्कुमलुङ पाथीभरा क्षेत्रमा बन्ने केवलकार निर्माणकार्य अघि बढाएसँगै पुनः संघर्षका कार्यक्रमहरु शुरु भएको हो ।
विभिन्न नाराहरु लेखिएको प्लेकार्डसहित प्रदर्शनमा उत्रिएकाहरूले ग्लोबल आईएमईको केन्द्रीय कार्यालयअगाडि धर्ना दिएका हुन् ।
त्यसक्रममा केबलकार सञ्चालक आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालविरुद्ध नाराबाजीसमेत गरेका छन् । उनीहरूले बलजफ्ती गरेर अघि बढेमा अझै कडा रुपमा प्रतिरोध थाल्ने चेतावनीसमेत दिएका छन् । मुक्कुमलुङ पाथीभारामा निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनले ठेक्का लिएर केबलकार निर्माण अघि बढाएको छ ।
ताप्लेजुङको पाथिभरा मुक्कुमलुङ क्षेत्र आदिवासी लिम्बु याक्थुङहरूको पवित्र मुन्धुमी धार्मिकस्थल रहेकाले त्यहाँ कुनै निजी कम्पनीलाई नाफाका लागि केबलकार निर्माण गर्न नहुने आवाज उठिरहेको छ । लिम्बुहरुको सांस्कृतिक अतिक्रमण गरेर त्यहाँको जल, जंगल र जमिन निजी कम्पनीलाई दिने राज्यको नीतिमाथि गम्भीर आरोप समेत लगाएका छन् । आईएलओ १६९ को अभिसन्धीले आदिवासी जनजातिहरुको थातथलोलाई त्यसरी हस्तक्षेप गर्न नहुने उल्लेख गरेका छन् ।
लिम्बु याक्थुङहरूको धार्मिक आस्थाको धरोहर मुक्कुमलङमा जथाभावी बन फँडानी भएको, त्यहाँका विभिन्न प्रजातिका बोटविरुवा र जरीबुटी जन्य रुखहरु समेत काटेर त्यस क्षेत्रको बनस्पति, बन्यजन्तुहरुको बासस्थानलाई समेत विनास गरेकोमा आवाज उठिरहेको छ ।
प्रकृतिपूजक लिम्बुूहरूको धार्मिक, साँस्कृतिक र मुन्धुमी सम्बन्धहरू जोडिएको क्षेत्रमा हजारौं वर्ष पुराना जडिबुटी, वनस्पति तथा वन्यजन्तुहरू रहेकाले विनाश गर्न नपाइने आवाज उठिरहेको छ । त्यहीकारण एउटा निजी कम्पनी पोस्ने गरी जंगल फडानी गरेर केबलकार बनाउँदा हिमाली चराचुरूङ्गी, रेडपान्डासहितका वन्यजन्तुहरू सखाप हुने आदिवासी जनजातिहरूले तर्क गरिरहेका छन् । उनीहरूले नै सोमबार चन्द्र ढकाल सञ्चालक रहेको ग्लोबल आईएमई बैंक पनि घेरेका हुन्।
गत कात्तिक २३ गते संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केवलकार निर्माणको संयुक्त शिलान्यास गरेसँगै आन्दोलन अझ बढेर गएसँगै चन्द्र ढकाल अध्यक्ष रहेको आई एम ई ग्रुप अन्तर्गत ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय र प्रदेश १ अन्तर्गतका शाखाहरुमा विरोध स्वरुप धर्ना कार्यक्रम गरिएको पहिचानवादी मोर्चाका नेता खगेन्द्र माखिमले बताउनु भयो ।
यहि शनिबार ताप्लेजुङमा मुक्कुमलुङ संघर्ष समिति तथा ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा दुवै पक्ष गरी २४ भन्दा धेरै घाइते भएका थिए । प्रहरी निरीक्षक सहित २१ जना र आन्दोलनकारी तर्फ ३ जना शक्त घाइते र अन्य थप पुष्टि नभएका ७० बर्षीय बृद्ध सहित घाइते भएको संघर्ष समितिका संयोजक श्री लिङखिमले जनाएका छन् ।
घाइते ३ जनालाई गोली लागेको हाल काठमाडौंस्थित टिचिङ अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको जनाइएको छ । प्रशासनले बल प्रयोग गरेर जबरजस्ती केवलकार निर्माण कार्य अघि बढेसँगै त्यहाँ तनाव सिर्जना भएको हो ।

यसरी नै ग्लाेबल अाएमइ बैंककाे प्रदेश नं. १ का विभिन्न जिल्ला ताप्लेजुङ, पान्थर, इलाम, झापा, माेरङ, सुनसरी, धनकुटा, तेह्रथुमका शाखाहरूमा पनि संघर्ष समितिले धर्ना सहित काेणसभा कार्यक्रम गरेकाे बताइएकाे छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...