कमला मदन आश्रितले मनायो ६२औं बार्षिकोत्सव तथा अभिभावक दिवस

 लिम्बुवान न्युज
                       

दमक, १५ माघ/ झापाको कमल गाउँपालिका वडाँ नम्बर २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयले आज ६२औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिद कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा नवनिर्मित भवन उद्घाटन, शिक्षक तथा अक्षयकोष दाताहरु सम्मान, अक्षयकोष घोषणा, पुरस्कार वितरण र वृहत साँस्कृतिक कार्यक्रम गरी विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।

विद्यालय व्यस्थापन समितिका अध्यक्ष होमबहादुर बरालको अध्यक्षतामा बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको थियो । बार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन कमल गाउँपालिकाका प्रमुख हुकुमसिंह राई र गाउँपालिकाकी उपप्रमुख प्रमिला न्यौपाने तिवारीले गर्नुभएको थियो ।

सो समारोहमा विद्यालयमा लामो समयदेखि शिक्षण पेशामा कार्यरत खेमप्रसाद सापकोटा र विद्यालय व्यस्थापन समितिका पूर्व अध्यक्ष डिल्लीराम अधिकारीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो । २०८१ असारबाट विद्यालयबाट सेवानिवृत हुनुहुने शिक्षक सापकोटालाई दीर्घसेवाबाट सम्मान गरिएको हो ।

त्यस्तैं, विद्यालयमा विभिन्न विषयगत उत्कृष्ट हुनुहुने शिक्षक तथा शिक्षिकाहरुलाईसमेत सम्मान पत्र प्रदान गरिएको थियो । यसरी सम्मानित हुनुहुनेहरु शिक्षक तथा शिक्षिकाहरुमा यामनारायण प्रधान, मदन मिश्र, बिमल भट्टराई, मनोज गौतम, मुना खड्का लगायत छन् । सम्मानित शिक्षक तथा शिक्षिकासहित सेवानिवृत शिक्षक सापकोटा र विद्यालय व्वस्थापन समितिका पूर्वअध्यक्ष अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि एबम् गाउँपालिका प्रमुख राई, बिशिष्ट अतिथि एबम् उपप्रमुख न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरालले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा विद्यालयमा दुई वटा फरक फरक विषयगत अक्षयकोष स्थापन गर्ने घोषणा गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी, सामाजिक अगुवा तथा शिक्षक बिष्णु निरौलाले दिवगंत आफ्ना पिता गौरीनाथ निरौलाको स्मृतिमा रु १ लाखको अक्षयकोष र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष जीतलाल गौतमले रु १ लाख ११ हजार १ सय ११ को अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । त्यस्तैं, दमकका व्यवसायी राजेन्द्र ढकालले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार १ सय ५० बढी विद्यार्थीहरुलाई स्वीटर वितरण गर्नुभएको छ ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानध्यापक आइतबहादुर राईले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसबीच, विद्यालयका प्रधानध्यापका हिमप्रसाद दाहालले विद्यालय स्थापनाकालदेखि हालसम्म भएका प्रगती तथा संस्थागत बिबरणहरुसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कमल २ का वडाध्यक्ष अशोक सुब्बा, १ का वडाध्यक्ष केदार कटुवाल, ३ का अध्यक्ष अग्नीप्रसाद कोइराला, शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सापकोटा, स्वास्थ्य शाखा अधिकृत दिपक दाहाल, दमक शिक्षा शाखा अधिकृत सोमप्रसाद गुरागाई, नेता भीमबहादुर राई लगायतका बिशिष्ट व्याक्तित्वहरुको उपस्थिति थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले मनोरञ्जनात्मक गीत, नृत्य र खेलहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष होमबहादुर बरालले धन्यवाद मन्तव्य विद्यालयका शिक्षक यमनारायण प्रधानले कर्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...