माघ १९ सम्म यातायात बन्द यथावतः माग सम्बाेधन नभए २० र २१ लिम्बुवान बन्द

 लिम्बुवान न्युज
                       

ललितपुर, १८ माघ । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणकाे बिराेध गर्दै मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले १९ गते सम्म बन्द यथावत रहेकाे छ । समितिले गत माघ माघ १२ गते साँझ खाजा खान बसिरहेकाे समयमा अमानविय शैलीले घर घेरी सयाैं राउण्ड गोलि चलाएको बिरोधमा  ताप्लेजुङ बन्द यथावत रहेकाे जनाएकाे हाे ।

मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले प्रेस बिज्ञप्ति जारी गर्दै माघ २० र २१ गते नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा)बन्दको आह्वान गरेको छ ।

बिज्ञप्तिमा राजेन्द्र महतो,अध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी, कुमार लिङ्देन “मिराक”, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, प्रा.डा. महेन्द्र लावती, संयोजक, पहिचानवादी मोर्चा, सञ्जय राई, मुख्य सचिव, जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समिति, रमेश राई, अध्यक्ष, जसपा सम्वद्ध किरात राष्ट्रिय समिति, धन बहादुर पन्धाक, अध्यक्ष, प्रदेश नं १, नागरिक उन्मुक्ति पार्टी, भक्त खेवाङ, उपाध्यक्ष, नेपाल जनमुक्ती पार्टी, नयन्द्र चाम्लिङ, अध्यक्ष, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन-डिजिजि, गजेन्द्र पालुङवा, अध्यक्ष, किरात लिम्बूवान प्रदेश समितिले संयुक्त हस्ताक्षर गरेका छन ।

यस अघि संघर्ष समितिले ७ बुँदे माग गर्दै बन्द आह्वान गरेको हो । उनीहरूले केबुलकार निर्माण अनुमति नै खारेजीको माग गरेका छन । कुनैपनी हालतमा केबुलकार बन्न नदिने अडान सहितको बन्द आह्वान गरेको जनाइएकाे छ ।

साथै थप दुई दिने बन्दले सम्बोधन नगरे २०८१ माघ २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल घोषणा गरिने उल्लेख बिज्ञप्तिमा छ ।

बन्द यथावत रहेकाे छः मुक्कुमलुङ ताःङ्सेप चुम्भाे

मुक्कुमलुङ ताःङ्सेप चुम्भाेले विहीबार एक विज्ञप्ति जारी गर्दै बन्द यथावत रहेकाे जनाएकाे छ । साथै माघ २० र २१ गते लिम्बुवान बन्द साथै साे दिनसम्म पनि माग सम्बाेधन नभए माघ २२ गते देखि लिम्बुवान अनिश्चितकालीन बन्दकाे घाेषणा गर्ने वताइएकाे छ ।

यस्तै ताङ्सेपले कथित पाथीभरामा केवलकार निर्माण कम्पनीकाे प्रमुख चन्द्र ढकाल अध्यक्ष रहेकाे अाइएमइ बैंक माघ २० गते बन्द गर्न अपिल गरेकाे छ । साथै अान्दाेलनका क्रममा गिरफ्तार गरिएका प्रदीप मादेन, चन्द्रसागर लिम्बु र लक्ष्मण लिम्बुलाइ तुरून्त रिहाइ गर्न र घाइतेहरू सरकारले उपचार गर्न पनि माग गरेकाे छ ।

विज्ञप्तिमा विभिन्न १० वटा संघ संगठनहरूले हस्ताक्षर गरेका छन् ।

विज्ञप्ति तल हेर्न सक्नुहुनेछ  ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...