माघ १९ सम्म यातायात बन्द यथावतः माग सम्बाेधन नभए २० र २१ लिम्बुवान बन्द

,   लिम्बुवान न्युज
                       

ललितपुर, १८ माघ । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणकाे बिराेध गर्दै मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले १९ गते सम्म बन्द यथावत रहेकाे छ । समितिले गत माघ माघ १२ गते साँझ खाजा खान बसिरहेकाे समयमा अमानविय शैलीले घर घेरी सयाैं राउण्ड गोलि चलाएको बिरोधमा  ताप्लेजुङ बन्द यथावत रहेकाे जनाएकाे हाे ।

मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले प्रेस बिज्ञप्ति जारी गर्दै माघ २० र २१ गते नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा)बन्दको आह्वान गरेको छ ।

बिज्ञप्तिमा राजेन्द्र महतो,अध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी, कुमार लिङ्देन “मिराक”, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, प्रा.डा. महेन्द्र लावती, संयोजक, पहिचानवादी मोर्चा, सञ्जय राई, मुख्य सचिव, जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समिति, रमेश राई, अध्यक्ष, जसपा सम्वद्ध किरात राष्ट्रिय समिति, धन बहादुर पन्धाक, अध्यक्ष, प्रदेश नं १, नागरिक उन्मुक्ति पार्टी, भक्त खेवाङ, उपाध्यक्ष, नेपाल जनमुक्ती पार्टी, नयन्द्र चाम्लिङ, अध्यक्ष, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन-डिजिजि, गजेन्द्र पालुङवा, अध्यक्ष, किरात लिम्बूवान प्रदेश समितिले संयुक्त हस्ताक्षर गरेका छन ।

यस अघि संघर्ष समितिले ७ बुँदे माग गर्दै बन्द आह्वान गरेको हो । उनीहरूले केबुलकार निर्माण अनुमति नै खारेजीको माग गरेका छन । कुनैपनी हालतमा केबुलकार बन्न नदिने अडान सहितको बन्द आह्वान गरेको जनाइएकाे छ ।

साथै थप दुई दिने बन्दले सम्बोधन नगरे २०८१ माघ २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल घोषणा गरिने उल्लेख बिज्ञप्तिमा छ ।

बन्द यथावत रहेकाे छः मुक्कुमलुङ ताःङ्सेप चुम्भाे

मुक्कुमलुङ ताःङ्सेप चुम्भाेले विहीबार एक विज्ञप्ति जारी गर्दै बन्द यथावत रहेकाे जनाएकाे छ । साथै माघ २० र २१ गते लिम्बुवान बन्द साथै साे दिनसम्म पनि माग सम्बाेधन नभए माघ २२ गते देखि लिम्बुवान अनिश्चितकालीन बन्दकाे घाेषणा गर्ने वताइएकाे छ ।

यस्तै ताङ्सेपले कथित पाथीभरामा केवलकार निर्माण कम्पनीकाे प्रमुख चन्द्र ढकाल अध्यक्ष रहेकाे अाइएमइ बैंक माघ २० गते बन्द गर्न अपिल गरेकाे छ । साथै अान्दाेलनका क्रममा गिरफ्तार गरिएका प्रदीप मादेन, चन्द्रसागर लिम्बु र लक्ष्मण लिम्बुलाइ तुरून्त रिहाइ गर्न र घाइतेहरू सरकारले उपचार गर्न पनि माग गरेकाे छ ।

विज्ञप्तिमा विभिन्न १० वटा संघ संगठनहरूले हस्ताक्षर गरेका छन् ।

विज्ञप्ति तल हेर्न सक्नुहुनेछ  ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;