मधेशकेन्द्रित ८ दलीय माेर्चाले मुक्कुमलुङ आन्दोलनमा जनाए ऐक्यबद्धता

 लिम्बुवान न्युज
                       

ललितपुर, १८ माघ । मधेशकेन्द्रित ८ दलीय मोर्चाले मुक्कुमलुङ आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। शुक्रबार बिहान मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारीलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका मोर्चाका नेताहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्।

नेता केशव झाका अनुसार ‘आदिवासी जनजाती जनताले आफ्नो पिता पुर्खाको आत्मा भ्रमण गर्ने पवित्र स्थलको रूपमा रहेको ठाउँमा केबलकार निर्माणले आस्थामाथि ठूलो प्रहार हुने भएकोले त्यसो नगर्न भनी गरेको आन्दोलनमा आठ दलीय मोर्चाले ऐक्यबद्धता जाहेर गरेको छ र राज्य दमनको घोर भर्त्सनासमेत गरेको छ।’

उक्त आन्दोलनमा घाइते भएकाहरू यमबहादुर लिम्बू (तेह्रथुम), धर्मन पालुङ्वा (ताप्लेजुङ), सगुन लावती (पाँचथर) लाई भेटेर मोर्चाका नेताहरूले शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

मोर्चाको तर्फबाट हृदयेश त्रिपाठी, राजकिशोर यादव, सर्बेन्द्र नाथ शुक्ला,राम नरेश राय, केशव झा, रेणु यादव, राम कुमार शर्मा, मनिष सुमन, वृखेष चन्द्र लाल, गंगाराम थारू, शरद सिंह यादव, लक्ष्मण लाल कर्ण, इन्दु सुवेदी, विजय सिंह, सन्तोष मेहता, बुद्ध छिरिङ मोक्तान, मुकेश झा, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह अस्पताल पुगेकाे किरात याक्थुङ चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापाेले वताइन् ।

अहिले त्यहाँ केवलकार पुर्‍याउँदा मुक्कुमलुङको ऐतिहासिकता र मौलिकता समाप्त हुने भन्दै आदिवासी जनजाति समुदायले आन्दोलन गरिरहेका छन् । आफूहरूको सांस्कृतिक धरोहर मुक्कुमलुङको ऐतिहासिकता र मौलिकता मेटेर पाथीभरा नाम राखिएको भनेर पनि उनीहरूले विगतदेखि नै असन्तुष्ट रहँदै आएका थिए।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;