फोनिज झापा शाखाको सातौ जिल्ला अधिबेशन आज हुँदैः नयाँ नेतृत्व चयन हुने

 लिम्बुवान न्युज
                       

झापा, १९ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको सातौ जिल्ला अधिबेशन आज हुँदैछ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएकाे जिल्ला अध्यक्ष भूमिका फियाक लिम्बुले बताइन् ।

आज बिर्तामोडस्थित सिटी सेन्टरमा हुने जिल्ला अधिबेशन फाेनिजका संघीय अध्यक्ष गजुरधन राइकाे प्रमुख आतिथ्यतामा अधिवेशनकाे उद्धघाटन हुने कार्यक्रम रहेकाे छ ।

यसैगरी अधिवेशनकाे अवसरमा फोनिज झापाले वितरण गर्देआएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार, दुई जनालाई फोनिज उदीयमान पत्रकारिता पुरस्कार प्रदान गरिनुका साथैं फोनिज झापाले प्रकाशन गरेको स्मारिकाको बिमोचन समेत गरिने कार्यक्रम रहेको अध्यक्ष फियाकले बताइन् ।

फोनिजका जिल्ला सचिव तिलक योञ्जनका अनुसार स्व. डिकमान विरही सुनुवार स्मृति पत्रकारिता पुरस्कारबाट झापा, दमकका पूराना पत्रकार विष्णु सुब्बा र फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ बाट सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकममा कार्यरत दमकका सजन राईलाई प्रदान गरिने बताइएकाे छ ।

डिकमान पुरस्कारको राशी नगद २५ हजार रूपैयाँ र उदीयमान पत्रकारिता पुरस्कारको राशि ५/५ हजार रूपैयाँ रहेको छ ।
यसैगरि, जिल्ला अधिबेशनको बन्दसत्रले फोनिज झापाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व  चयन र केन्द्रिय महाधिवेशन प्रतिनिधिकाे समेत चयन हुने निवर्तमान अध्यक्ष बिशाल नेम्बाङले बताए ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...