ताप्लेजुङ जिल्ला अनिश्चितकालीन बन्द यथावतः माघ २० र २१ गते अरुर्णपूर्वका नौ जिल्ला बन्दः प्रदेश नं. १ का ग्लोबल आईएमई बैंकका शाखाहरु बन्द गर्न आव्हान

 लिम्बुवान न्युज
                       

ललितपुर, १९ माघ । मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदीय समितिले माघ १५ गते देखि अनिश्चितकालीन ताप्लेजुङ बन्दको आज चौंथो दिन पनि यथावत राखेको छ । मुक्कुमलुङमा केवलकार निर्माण खारेजी माग राख्दै बन्दको आव्हान गरिएको हो ।

माघ १२ गते आन्दोलनरत पक्षहरुलाई खाना खाईरहेको बेला शसस्त्र प्रहरीले एक्कासी हवाई फायर गरी आक्रमण गर्दा तिनजनालाई गोली लागेपश्चात आन्दोलनरत पक्षले बन्दको आव्हान गरेको हो । घाईते तीन जना सगुन लिम्बु, याम लिम्बु र धर्मान पालुङवाको हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ भने दुई जनाको विर्तामोड स्थित बि एण्ड सिमा उपचार भईरहेको छ ।

ताप्लेजुङ जिल्ला प्रहरीले तिन जना आन्दोलनकारीहरु प्रदिप मादेन, चन्द्रसागर लिम्बु र लक्ष्मण लिम्बुलाई पक्रेर हालसम्म पनि हिरासतमा राखेको संघर्ष समितिका संयोजक श्री लिङखिमले बताए । आज चौथ दिन ताप्लेजुङ जिल्ला सुनसान रहेको छ भने यातायात लगायतका साधनहरु अझै पनि खुल्न सकेको छैन ।

झापाको बुधबारे मेचीमार्ग सडक र कोशीमार्गको कोडिडर त्यसैगरी तेह्रथुम जिल्लाबाट ताप्लेजुङ प्रवेश गर्ने सडकहरुमा यातायात ठप्प पारिएको पहिचानवादी मोर्चाका नेता जेन्टल लावतीले बताए । यसैगरी पाँचथर जिल्लाको विभिन्न सडकहरुबाट ताप्लेजुङ जोडिने मार्गमा समेत बन्द गरिएको पहिचानवादी नेता सागर केरुङ्ले बताए ।

यस्तैगरी आन्दोलनरत पक्षले केवलकार निर्माण कम्पनीका मालिक चन्द्र ढकाल अध्यक्ष रहेको आईएमई ग्रुप अफ कम्पनी मातहतको ग्लोबल आईएमई बैंक भोलि माघ २० गते बन्द गर्न बन्दकर्ताहरुले प्रदेश नं. १ को सबै शाखाहरुलाई ज्ञापन पत्र बुझाउँदै अनुरोध गरेको मिडिया प्रमुख अर्जुन जम्नेली राईले बताए ।

माघ २० र २१ गते अरुणपूर्व नौ जिल्ला लिम्बुवान बन्द

बन्द आव्हान कर्ताहरुले आजसम्म आफ्ना मागहरु पुरा नभए भोलि माघ २० र २१ गते दुई दिन अरुण पूर्वको नौ जिल्ला लिम्बुवान बन्द गर्ने घोषणा गरेका छन् । संघर्ष समितिले झापा, माेरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पान्थर र इलाम नाै जिल्ला बन्दकाे अाव्हान गरेका हुन् ।

संघर्ष समितिका एक घटक किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष तथा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका संयोजक प्रेम एक्तेनले हाम्रा मागहरु संघीय सरकारले सम्बोधन नगरे माघ २० र २१ गते लिम्बुवान बन्द गर्ने र त्यसपछि पनि सरकारले वेवास्ता गरे २२ गते देखि अनिश्चितकालीन आम हड्ताल प्रदेश नं. १ भरि नै गर्ने बताए ।

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले मुक्कुलुङ आन्दोलन आजको मात्र नभएर बर्षौ देखि त्यस नामलाई कथित पाथिभरा नामाकरण गरिएकोमा त्यसको एतिहासिक मुन्धुमी नाम मुक्कुलुङ

नामकरणसँगै अहिले माफिया चन्द्र ढकाललाई उभ्याएर केवलकार निर्माण गर्ने जुन दुस्साह गरेका छन् त्यसको विरुद्ध यो आन्दोलन अघि बढेको बताएका छन् । जबसम्म केवलकार खारेजी भएको निर्णय सरकारले गर्दैन तबसम्म यो आन्जोलन थप पेचिलो बनाउँदै लाने र प्रदेश नं. १ अनिश्चितकालीन बन्दसम्म लाने उनले भने ।

प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै यतिवेला विगत दुई बर्ष देखि प्रदेश नं. १ मा अशान्ति रहेको छ । सरकारले छिटोभन्दा छिटो बार्तामो माध्यमबाट समस्या समाधान नगरे थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने अध्यक्ष मिराकले बताएका छन् ।

मधेश केन्द्रित आठ दलको समर्थन

मधेश केन्द्रित आठ दलले शुक्रबार टिचिङ अस्पतालमा घाइतेहरुलाई भेट गर्दै आन्दोलन संघर्ष समितिको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

साथै शुक्रबारबाट शुरुभएको संघीय संसद अधिवेशनमा पनि जसपा अध्यक्ष अशोक राई लगायत नेताहरुले मुक्कुमलुङ आन्दोलनलाई सम्बोधन गर्दै वार्ताको माध्यमबाट निकास दिन सरकारसँग माग राखेका छन् ।

आन्दोलनका क्रममा घाइते भएका घाइतेहरुको निशुल्क औषधी उपचार, केवलकार निर्माण खारेज र प्रहरी हिरासतमा रहेकाहरुको तुरुन्त रिहाईको माग राख्दै संघर्ष समितिले बन्दको आव्हान गरेको थियो ।

यसैगरी नेपाली कांग्रेस सम्बझ लाेकतान्त्रिक अादिवासी जनजाति संघका प्रदेश नंं. १ का १४ वटा जिल्लाका सभापतिहरूले समेत एक विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा भएकाे घटनाकाे सत्यतथ्य छानविन गरी दाेसीमाथि कारवाही र केवलकार निर्माण पक्ष र मुक्कुमलुङ संरक्षण समितिलाइ वार्तामा लाइ समस्या समाधान गर्न अनुराेध गरेकाे छ ।

 

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...