फाेनिज झापाकाे अध्यक्षमा अर्जुन राजवंशीः पुराना पत्रकार बिष्णु सुब्बा पुरस्कृत

,   लिम्बुवान न्युज
                       

दमक, १९ माघ । शनिबार झापाको बिर्तासिटीसेन्टर स्थित साई पार्टी प्यालेसमा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा जिल्लाको सातौ अधिबेशनबाट अर्जुन राजवंशीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा तिलक योञ्जन तामाङ, सचिवमा सन्तोष वेघा, सह-सचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमश: सुरेश आले मगर, सुजन राई, शौरभ मुखिया, रविकिरण वान्तवा राई, विष्णुकुल श्रेष्ठ, मिना नेम्वाङ, जिके शर्मा र सुमन वेघा रहेका छन् ।

यसैगरी संघीय महाधिवेशन प्रतिनिधिमा झापा जिल्लाबाट दिपीन राई, भूमिका फियाक, रमेश राई, गणेशमान मुखिया, विशाल नेम्वाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ, दिलकुमार लावती र सुशन राई चयन भएका छन् ।

अधिबेशनमा फोनिज झापाले वितरण गर्दे आएको स्व. डिकमान विरही सुनुवार स्मृति पत्रकारिता पुरस्कारबाट झापा, दमकका पूराना पत्रकार विष्णु सुब्बालाई नगद २५ हजार सहित सम्मान पत्र र खदा ओडाएर सम्मान गरेका थिए । यसैगरी फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ बाट सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकममा कार्यरत दमकका सजन राईलाई नगद ५/५ हजार नगद र प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिएको थियो।

अधिबेशन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) झापा जिल्ला सचिव तिलक यञ्जनकाे संचालन र अध्यक्ष भु कुमारी लिम्बू (भुमिका फियाक)को अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;