अरुण पूर्वको नौ जिल्लामा यातायात बन्दको प्रभावः दमकमा प्रहरी र आन्दोलनकारी बिच झडपः तीन सेल अस्रुग्यास

 लिम्बुवान न्युज
                       

दमक, २० माघ । मुक्कुमलुङ केवलकार खारेजी आन्दोलनकारीलाई गोली प्रहार बिरुद्ध नौं जिल्ला यातायात बन्दको प्रभाव परेको छ । पूर्वको नौं जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पान्थर र इलाममा आज पहिलो दिन बन्दको प्रभाव परेको हो ।


ताप्लेजुङ्गको मुक्कुम्लुङ/पाथीभरामा केवलकार खारेजी र आन्दोलनकारीलाई गोली प्रहार गरिएको विरुद्ध मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिको संयुक्त आयोजनामा ९ जिल्लामा यातायात बन्दको आयोजना गरेको घटक संगठन किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम ऐक्तेनले बताउनु भयो ।

केवलकार विरुद्धको संघर्षमा यहि माघ १२ गते ताप्लेजुङ्गमा प्रहरीले गोली चलाउदा ३ जना गम्भीर घाईत र अन्य केही दर्जन घाइते भएका छन् । घाईते मध्ये तीन जनाको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ । यसैगरी ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा तीन जना पक्रेर हिरासतमा राखेका छन् ।


आन्दोलनकारीद्वारा १५ गतेदेखि ५ दिनसम्म मेची हाइवे, तमोर करिडोर र ताप्लेजुङ आउने जाने तेह्रथुम नाकामा यातायात बन्द गरेपनि सरकार अटेर गरेपछि २० र २१ गते पूर्बी नेपालको ९ जिल्लामा यातायात बन्दको घोषणा गर्दै कार्यक्रम अघि सारेको हो ।
ताप्लेजुङ जिल्लामा मात्र यातायात बन्द गर्दा पनि सरकार गैर जिम्मेवार देखिएपछि झापा, मोरङ, सुनसरी स्थित एसियन हाइवे लगायत सप्तकोशी पूर्बको ९ जिल्लामा यातायात बन्दको घोषणा भएको हो ।
बन्दका कारण कोशी मार्ग र मेची मार्गले जोडिन्ने पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् । कोशी राजमार्ग अन्तर्गन धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् । झापा चारआलीबाट पहाड इलाम, पान्थर र ताप्लेजुङ चल्ने रुटका गाडीहरु पनि चल्न सकेका छैनन् । बन्दकर्ता भने पहाडी जिल्लाको सदरमुकाम त्यसैगरी विभिन्न मुख्य सडक र शहरहरु धरान, इटहरी, पथरी, दमक, विर्तामोड र काकरभिट्टामा उत्रिएका छन् । प्रशासनले बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ ।
त्यस्तै, तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्र तथा ताप्लेजुङ, पाँचथरलगायतको स्थानमा सञ्चालन हुने सवारीसाधन सञ्चालन भएका छैनन्। धरानबाटै सवारीसाधन नआएका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
मुक्कुमलुङ संरक्षण संघर्ष समितिले धार्मिक आस्थामा खलल पु¥याउने गरी एउटा व्यापारिक घरानालाई केबुलकार बनाउन दिएको भन्दै विरोध गर्दै आएका हुन् ।
केबुलकार निर्माण रोक्नुपर्ने, प्रहरीले गोली हानी घाइते बनाएकाहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने र यसअघि गिरफ्तारीमा परेकालाई विनाशर्त रिहाइ गर्नुपर्नेमाग राखी उनीहरूले दुई दिन बन्द आह्वान गरेका हुन् । गृह मन्त्रालयले पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिइसकेको जनाएको छ । तर, संघीय सरकारले हालसम्म आन्दोलनरत पक्षलाई वार्ताको लागि कुनै आधिकारिक पत्र नआएको कियाचू अध्यक्ष येक्तेनले बताउनु भयो ।

दमकमा बन्द कर्ता र प्रहरी बिच झडपः आठ जना प्रहरीको नियन्त्रण

दमकमा बन्दकर्ता र प्रहरीबीच आज दिउँसो झडप भएको छ । त्यसक्रममा आन्दोलनरत ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा पदम बेघा, धनकुमार योङहाङ ,शुक्र लिम्बू, आदित्य फियाक ,प्रकाश लावुङ, सन्देस लिम्बू,नासमाङ लिम्बू ,सञ्जय ताजपुरिया रहेका छन् ।
दमकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, किरात धर्म तथा साहित्य उत्थान संघ तथा प्रदेश १ पुनः नामाकरण अभियान समितिका संयोजक डकेन्द्र सिंह थेगिम लगायत प्रमुख नेताहरु आफै सडकमा उत्रिएका थिए । दमकको मुख्य सडकमा केन्द्रीत भएका उनीहरुले शक्ति प्रर्दशन गरेका थिए ।

करिव पाँच सय जना संख्यामा सहभागि बन्दकर्ताहरुले सडकमा बसेर दिनभरि नाराजुलुस गरि प्रर्दशनमा उत्रिएका थिए । त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा बन्दकर्ता र प्रहरी बिच ढुंगा हानाहान समेत भएको थियो । ढुंगा हान्ने क्रममा सार्वजनिक यातायातको एउटा बस, स्कोरपियो लागत केही सवारी साधनमा क्षति पुगेको इलाका प्रहरी दमकले जनाएको छ ।
यसैगरी इटहरी गणतन्त्र चौकमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले सडकमै खाना खाएर बन्दको बिरोध गरेका थिए । त्यहाँ प्रहरीसँग बन्दकर्ता बिच केहीबेर तनाब भएपनि बन्द शान्तीपूर्ण भएको पहिचानवादी मोर्चाका नेता पदम अधिकारीले बताउनु भयो । यसैगरी सुनसरीको धरान, झापाको विर्तामोड, पान्थरको फेदेन, ताप्लेजुङको फुङ्लिङ लगायत स्थानहरुमा कोणसभा गर्दै केवलकार निर्माण खारेज नगरेसम्म बन्द यथावत रहने र २१ गते सम्ममा पनि सरकारले कुनै संवाद वार्ताको औपचारिक घोषणा नगरे २२ गतेबाट अनिश्चितकालीन आमहडताल लगायतको कार्यक्रम अघि बढाइने संघर्ष समितिका नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...