ताप्लेजुङको मुक्कुमलुङमा निर्माणधिन केवलकार खारेजी आन्दोलनको समर्थनमा काठमाडौंमा प्रदर्शनः वार्ता सहजीकरणका लागी आन्दोलनरपक्षले समिति गठन

,   लिम्बुवान न्युज
                       


ललितपुर, २१ माघ । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोध चर्किंदै गएको छ । स्थानीय लिम्बू याक्थुङ समुदाय लगायत विभिन्न संघ संगठनहरु र अभियन्ताहरूले यसलाई धार्मिक तथा सांस्कृतिक स्थलमाथिको अतिक्रमणको रूपमा व्याख्या गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् ।

सोमबार (आज) काठमाडौंको माइतीघरमा समेत मुन्धुमी भूमि मुक्कुमलुङमा केवलकार निर्माणको विरोध गर्दै संघर्ष समिति लगायत राजनीतिक दल साथै अभियन्ताहरुले विरोध प्रदर्शन गरेको छ ।

मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिको अगुवाईमा आयोजित प्रदर्शनमा सहभागीहरूले गृहमन्त्रीको राजीनामासहित ६ बुँदे माग अघि सारेका छन् । उनीहरूले मुक्कुमलुङ (पाथीभरा) क्षेत्र लिम्बु याक्थुङ समुदायको मुन्धुमीस्थल भएकाले यसलाई जस्ताको तस्तै संरक्षण गर्नुपर्ने अडान दोहो¥याएका छन् ।

आन्दोलनकारीहरूले जारी गरेको विज्ञप्तिमा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको माग गर्दै घटनाको उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग राखिएको छ । दोषीमाथि कडा कारबाही हुनुपर्ने, मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता गरिनुपर्ने, केवलकार निर्माण कम्पनीका सबै सामानहरु फिर्ता लानुपर्ने र धार्मिक तथा सांस्कृतिक सम्पदामाथि अतिक्रमण बन्द गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

आन्दोलनरत पक्षले माग सम्बोधन नभए अनिश्चितकालीन आमहड्तालसहित देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यदि माग पूरा भएन भने अनिश्चितकालीन आमहड्ताल र लिम्बूवान क्षेत्रभर प्रदर्शनका कार्यक्रम अघि बढाइनेछ ।’

गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–११, बलुडाँडामा भएको झडपपछि आन्दोलन थप उग्र बनेको हो । सोही दिन प्रहरीले चलाएको गोली लागी मुक्कुमलुङ संरक्षणकर्ताहरू यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वा घाइते भएका थिए । उनीहरुको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सगुनको छातीमा गोली लागेर वारपार भएको छ, यामबहादुर लिम्बुको तिघ्रामा गोली लागेको छ भने धर्मान पालुङवाको देव्रे कुम भाचिएको हो । उनीहरुलाई विराटनगर नोवेलले उपचार गर्न नसकेपछि हवाई उद्दारबाट काठमाडौं शिक्षण अस्पताल ल्याईएको छ ।
झडपपछि माघ १५ देखि मेची राजमार्ग, तमोर करिडोर, र तेह्रथुम हुँदै ताप्लेजुङ भित्रिने सबै नाका अवरुद्ध छन् । आन्दोलन थप सशक्त बनाउन माघ २० र २१ गते लिम्बूवान क्षेत्रका नौ जिल्लामा आमहड्तालको घोषणा गरेको छ ।

काठमाडौंको माइतीघरमा भएको प्रदर्शनमा आन्दोलनकारीहरूले सांकेतिक रूपमा सडक नाटक प्रदर्शन गर्दै मुक्कुमलुङ क्षेत्रको ‘अतिक्रमण’को विरोध जनाएका थिए। उनीहरूले ‘गोली खान तयार छौँ, तर केबलकार बन्न दिन्नौँ’ भन्ने नारासमेत लगाएका थिए ।

यसैबीच, केबलकार निर्माण कम्पनी र सरकारी पक्षले भने परियोजनालाई अगाडि बढाउने तयारी गरिरहेको छ । तर स्थानीयको असन्तुष्टि र आन्दोलनले निर्माण कार्य अझै अनिश्चित बनेको छ ।

आइतबार दमकबाट पक्राउ पर्नुभएका आठ जना, धरानबाट पक्राउ परेका छ जना र आज दमकबाट एक जना पक्राउ परेकाहरुलाई हालसम्म प्रहरीले नियन्त्रणमा राखेको नेता डकेन्द्र सिंह थेगिमले जानकारी दिनु भयो ।

 

संघर्ष समितिद्वारा सहजीकरण समिति गठन

मुक्कुमलुङ ताङसेःप चुम्भो र अन्तरदलीय संघर्ष समितिले सरकारको तर्फबाट उपसचिव स्तरको वार्ता समिति गठन गरेपछि उक्त समितिसँग सहजीकरण गर्न समिति गठन गरेको छ ।

सोमबार संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै वार्ताको लागि न्यूनतम वातावरण बनाउन प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा सदस्यहरु अधिवक्ता शंकर लिम्बु, राम मादेन र महिला नेतृ सरस्वता सिंगक (सरु)लाई जिम्मेवारी दिइएको विज्ञप्ति मार्फत जनाएका छन् ।

सरकार पक्ष र आन्दोलनरत पक्षबिच पहिलो चरणको छलफल आज शुरु भएको छ । छलफलको प्रमुख विषय केवलकार निर्माण खारेज, शसस्त्र प्रहरी क्याम्प खारेज, घाइतेहरुको सरकारद्वारा निशुल्क उपचार, पक्राउ भएकाहरुको रिहाई र केवलकार निर्माण कम्पनीको सम्पूर्ण सामानहरु फिर्ता लाने जस्ता रहेको किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम ऐक्तेनले बताउनु भयो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;