वार्ता निष्कर्षविहीनः पूर्वको नौ जिल्ला यातायात बन्द यथावत

 लिम्बुवान न्युज
                       

ललितपुर, २२ माघ । सरकार पक्ष र आन्दोलनरत पक्षको सहजीकरण समिति बिच भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको छ । सोमबार माघ २१ गते साँझ ललितपुरमा बसेको दुई पक्षीय पहिलो भेटमा कुनै निष्कर्षमा नपुगि वार्ता विफल भएको हो ।

आन्दोलनरत सहजीकरण समितिका सदस्य राम मादेनका अनुसार मुक्कुलुङमा केवरकार निर्माण कार्य तत्काल बन्द हुनुपर्ने, माघ १२ गते गोली लागेका घाइतेहरुको उपचार तथा आजिवन केवलकार कम्पनीले जिम्मा लिनु पर्ने, शसस्त्र र जनपथ प्रहरीलाई तत्काल हटाउने पर्ने लगायतका विषयमा कुनै निश्कर्ष ननिस्केपछि चार घण्टा लामो बसेको बैठक निश्कर्षविहीन बन्न पुगेको बताए ।

यता आन्दोलनरत पक्ष मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कलुङ संरक्षण अन्तरदीय संघर्ष समितिले सोमबार राती विज्ञप्ति जारी गर्दै २२ गते देखिको अनिश्चित आम हड्ताललाई नौं जिल्ला यातायात मात्र बन्द भएको जनाएको छ । साथै, विज्ञप्ति मार्फत मुक्कुमलुङ पाथीभरा रक्षार्थ अथवा समर्थन गर्नुहुने सबै नागरिकहरु स्व्तस्फूर्त यातायात बन्द कार्यक्रममा सहभागि भई दिन समेत अपिल गरेको छ ।

मुक्कुमलुङमा केवलकार निर्माणसँगै आन्दोलनले उग्ररुप लिएपछि यतिवेला राष्ट्रिय विषयमा मुक्कुमलुङ आन्दोलन प्रवेश गरेको छ । मुक्कुमलुङलाई यथास्थितिमै राखेर त्यसको सांस्कृतिक र प्राकृतिक सम्पदा र विशेषता यथावत राख्नु पर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी र अभियन्ता दुर्गा प्रसाई लगायतले केवलकार निर्माणको विरोध गरेको छ ।

माघ १५ गते देखि बन्द रहेको कोशी र मेची मार्ग पुनः आजपनि बन्द हुँदा यात्रुहरुले पनि सास्ती खेप्नु परेको छ । विरामीहरुलाई एम्बुलेन्समा ल्याउन पनि सकस परेको खबर विभिन्न स्रोतले जनाएको छ । बन्दकर्ताहरुले भने एम्बुलेन्स, स्कुलका गाडी, दुःध र तरकारी लगायत बोक्ने गाडीहरुमा कुनै क्षति नपु¥याईको बताएका छन् ।

दोस्रो चरणको बैठक आज पनि बस्ने आन्दोलनरत पक्षका सहजीकरण समितिका सदस्य राम मादेनले लिम्बुवान खबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...