वार्ता निष्कर्षविहीनः पूर्वको नौ जिल्ला यातायात बन्द यथावत

 लिम्बुवान न्युज
                       

ललितपुर, २२ माघ । सरकार पक्ष र आन्दोलनरत पक्षको सहजीकरण समिति बिच भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको छ । सोमबार माघ २१ गते साँझ ललितपुरमा बसेको दुई पक्षीय पहिलो भेटमा कुनै निष्कर्षमा नपुगि वार्ता विफल भएको हो ।

आन्दोलनरत सहजीकरण समितिका सदस्य राम मादेनका अनुसार मुक्कुलुङमा केवरकार निर्माण कार्य तत्काल बन्द हुनुपर्ने, माघ १२ गते गोली लागेका घाइतेहरुको उपचार तथा आजिवन केवलकार कम्पनीले जिम्मा लिनु पर्ने, शसस्त्र र जनपथ प्रहरीलाई तत्काल हटाउने पर्ने लगायतका विषयमा कुनै निश्कर्ष ननिस्केपछि चार घण्टा लामो बसेको बैठक निश्कर्षविहीन बन्न पुगेको बताए ।

यता आन्दोलनरत पक्ष मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कलुङ संरक्षण अन्तरदीय संघर्ष समितिले सोमबार राती विज्ञप्ति जारी गर्दै २२ गते देखिको अनिश्चित आम हड्ताललाई नौं जिल्ला यातायात मात्र बन्द भएको जनाएको छ । साथै, विज्ञप्ति मार्फत मुक्कुमलुङ पाथीभरा रक्षार्थ अथवा समर्थन गर्नुहुने सबै नागरिकहरु स्व्तस्फूर्त यातायात बन्द कार्यक्रममा सहभागि भई दिन समेत अपिल गरेको छ ।

मुक्कुमलुङमा केवलकार निर्माणसँगै आन्दोलनले उग्ररुप लिएपछि यतिवेला राष्ट्रिय विषयमा मुक्कुमलुङ आन्दोलन प्रवेश गरेको छ । मुक्कुमलुङलाई यथास्थितिमै राखेर त्यसको सांस्कृतिक र प्राकृतिक सम्पदा र विशेषता यथावत राख्नु पर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी र अभियन्ता दुर्गा प्रसाई लगायतले केवलकार निर्माणको विरोध गरेको छ ।

माघ १५ गते देखि बन्द रहेको कोशी र मेची मार्ग पुनः आजपनि बन्द हुँदा यात्रुहरुले पनि सास्ती खेप्नु परेको छ । विरामीहरुलाई एम्बुलेन्समा ल्याउन पनि सकस परेको खबर विभिन्न स्रोतले जनाएको छ । बन्दकर्ताहरुले भने एम्बुलेन्स, स्कुलका गाडी, दुःध र तरकारी लगायत बोक्ने गाडीहरुमा कुनै क्षति नपु¥याईको बताएका छन् ।

दोस्रो चरणको बैठक आज पनि बस्ने आन्दोलनरत पक्षका सहजीकरण समितिका सदस्य राम मादेनले लिम्बुवान खबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...