मुकुम्लुङमा केबलकार निर्माण हुनु समग्र आदिवासीहरुको अस्थित्व समाप्त पार्नु हो: लिम्बुवान मोर्चा।

 लिम्बुवान न्युज
                       

ललितपुर, २२ माघ । मुकुम्लुङ (पाथिभरा) मा केबलकार निर्माण खारेजिको आन्दोलनलाई लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले समर्थन गरेको छ। लिम्बुहरुको आस्थाका केन्द्र(मुन्धुमी स्थल) मानिदै आएको मुकुमलुङ क्षेत्रमा केबुलकार निर्माणको प्रारम्भिक चरणबाटै शान्तिपूर्ण आन्दोलन मार्फत बिरोध गर्दा आन्दोलन बनाउन गरिएको हर्कतको मोर्चाले खुलेर बिरोध गरेको छ।
कमिसनको लालचमा लिम्बू समुदायको मौलिक र सास्कृतिक सम्पदालाई मास्न खोजिएको प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शान्तिपुर्ण आन्दोलनलाई सरकारले भाडाको गुण्डाहरु परिचालन गरि आन्दोलनकारी माथिको भौतिक आक्रमण र प्रहरी प्रसाशनले लाठी चार्ज गर्ने र गोलि हान्ने जस्ता क्रियाकलाप प्रती मोर्चा द्वारा भत्सर्ना गरिएको छ।
मोर्चाका महासचिव पकन्दी लिम्बू र अध्यक्ष मुक्साहाङ मेन्याङ्बोद्वारा हस्ताक्षरीत जारी विज्ञप्तिमा भनिएको छ। प्रहरीकै संरक्षणमा आन्दोलनकारी माथिको खुकुरी प्रहार धरपकड र दमन भएको छ। मानव अधिकारको ख्यालै नगरी आन्दोलनकारी माथिको अन्धाधुन्ध गोलि प्रहार द्वारा ३ जना घाइते भएका छन। यस्ता खालका राज्यको बर्बरता पुर्ण सरकारको कदम प्रती मोर्चाले बिरोध गर्दै घाइते सबैको निशुल्क उपचारको माग गरेको छ।
आदिवासीहरुको मुन्धुमी स्थलमा केबलकार निर्माण कार्य अबिलम्ब रोकेर समस्या समाधान खोज्नको साटो घट्नालाई हिंसात्मक र उत्तेजित पार्न सरकार उद्दत रहेको मोर्चाको आरोप छ।आन्दोलनलाई छलफल र सम्बादको माध्यमबाट समस्याको हल गर्न मोर्चाले सरकारको ध्यानाकर्षण समेत गरेको छ।
नश्लवादी चरित्र भएको शासक वर्गले गर्न खोजेको थिचोमिचो जालझेल र सडयन्त्रकारी भुमिका र कदमको डटेर सघर्षमा जुट्न समेत मोर्चाले बिज्ञप्ती मार्फत अपिल गरेको छ। भने यो मोर्चा नेकपा माओवादी केन्द्र सम्बद्ध जातीय मोर्चा हो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...