बिएमएफएमा लिम्बु चलचित्र ‘चे’ले जित्याे उत्कृष्ट पटकथाकाे अवार्डः दमकमा फाल्गुन २६ गते प्रदर्शन

 लिम्बुवान न्युज
                       

लेखक/निर्देशक/निर्मातः सागर केरूङ

ललितपुर, २४ । तेस्रो ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ सम्पन्न भएको छ । गत २०८१ माघ १० गते चलचित्र विकास बोर्डको सभाहलमा सप्पन्न अवार्डमा लिम्बू चलचित्र ‘चे’ ले ‘उत्कृष्ट पटकथा’ को अवार्ड जित्न सफल भएकाे हाे । उक्त चलचित्रको कथा/पटकथा/निर्देशन सागर केरुङ्ले गरेका हुन् ।

यसैगरी उत्कृष्ट फिल्म बुलाकी, उत्कृष्ट फिल्म निर्देशक मिलन चाम्स (गोर्खा वारियर), उत्कृष्ट अभिनेत्री : दिया पुन (दयारानी) गरि संगीतको २४ विधा र फिल्मको ७ विधा गरि ३१ विधामा अवार्ड वितरण गरिएको थियो ।

कार्यक्रममा पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, इन्टरनेसनल मोडल दिपक घिमिरे, निर्देशक घनश्याम लामिछाने, वरिष्ठ पत्रकार तथा गीतकार गोपाल प्रसाद थपलिया, किड्स मोडल अनया शाह, फेशन डिजाइनर विकाश खड्का, गीतकार हरि उप्रेती, समाजसेवी कमल प्रसाद दाहाल, फेशन डिजाइनर पुरन बहादुर कुँवर, गायक रुद्र शेखर शर्मालगायतको उपस्थिति रहेको अवार्डको जुरीमा संगीतकार राजु सिंह, छायाँकार राम केसी, कोरियोग्राफर लिगेश भट्टराई, मोडल उत्साह घिमिरे रहेका थिए ।

चलचित्र ‘चे’ एफ एल एफ अवार्ड २०२४ र याक्थुङ सिने अवार्ड २०८१ विजेता हुन ।  चलचित्र ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी चे/लास भईरहेका छन् ? भन्ने कथा हो अर्थात् लासको कथामाथि बनाइएको चलचित्र हो । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई चलचित्रको मुख्य विषय बनाइएको छ ।

चलचित्रले  आधुनिक विकासको नाममा भत्काईरहेको याक्थुङ आदिवासीहरुको समाधिस्थलहरु सकिएपछि  याक्थुङ समुदायमा चे/लास नै प्रमुख समस्याको रुपमा उभिएको संकेत गर्छ । काठमाडौबाट प्रदर्शन सुरु गरेको चलचित्र ‘चे’ संसारभरी प्रदर्शनको क्रममा रहेको निर्माण पक्षले जनाएको छ ।

सागर केरुङ, इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ निर्माता रहेको चलचित्रलाई पान्थरको विभिन्न ठाउँहरुमा छायांकन गरिएको छ । युबराज राइको छायांकन, मोनि ताम्लिङ, इन्दु फोम्बो र नोगेन लिम्बुको स्वर, बुद्धराज लिम्बुको संगीत, अमृता जबेगुको शृङ्गार, पर्शु लिम्बुको सम्पादन, मोनि ताम्लिङ्को पार्श्व संगीत रहेको चलचित्रमा बिमला खजुम, यासेली योङ्हाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, कर्णहाङ ताम्लिङ, प्रनेश थेबे, रत्ना लिङ्देन लावती, चन्द्रकला साँवा, राजु घिमिरे, उदय बेघा लगायतको अभिनय रहेकोछ ।

फाल्गुन २६ गते ‘चे’ दमकमा प्रदर्शन हुने

सागर केरूङकाे लेखन तथा निर्देशन भएकाे लिम्बु कथामा रहेकाे चलचित्र ‘चे’ (लास) काे अागामी फाल्गुन २६ गते दमकस्थित डिमेक्स सिनेमा घरमा प्रदर्शन गरिने भएकाे छ ।

माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया हाउसकाे अायाेजना तथा याक्थुङ लिम्बु साहित्य प्रतिष्ठानकाे व्यवस्थापनमा चलचित्र प्रदर्शन गरिने निर्देशक केरूङले बताएका छन् ।

दमक नगरपालिका धिमाल पछि लिम्बु याक्थुङहरूकाे भाषा दाेस्राे भएकाे हुँदा याक्थुङ र नेपाली भाषामा बनेकाे चलचित्रले याक्थुङहरूकाे चे (लास) माथी राज्यकाे अतिक्रमण भइरहँदा लासकाे व्यवस्थापन कसरी गर्ने कथाकाे उठान रहेकाे चलचित्रले एउटा सांस्कृतिक चेतना बारे सचेतना गराउन पनि याे चलचित्रले ठूलाे भूमिका निर्वाह गर्ने भएकाे हुँदा याे चलचित्रले याक्थुङहरूमा एउटा सन्देश दिने याक्थुङ प्रतिष्ठानका अध्यक्ष सेसेमी से नाल्बाे बताउँछन् । सबैले हलसम्म अाएर हेरिदिन अनुराेध समेत गरेका छन् ।

सम्बन्धित समाचार

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...