बिएमएफएमा लिम्बु चलचित्र ‘चे’ले जित्याे उत्कृष्ट पटकथाकाे अवार्डः दमकमा फाल्गुन २६ गते प्रदर्शन

,   लिम्बुवान न्युज
                       

लेखक/निर्देशक/निर्मातः सागर केरूङ

ललितपुर, २४ । तेस्रो ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ सम्पन्न भएको छ । गत २०८१ माघ १० गते चलचित्र विकास बोर्डको सभाहलमा सप्पन्न अवार्डमा लिम्बू चलचित्र ‘चे’ ले ‘उत्कृष्ट पटकथा’ को अवार्ड जित्न सफल भएकाे हाे । उक्त चलचित्रको कथा/पटकथा/निर्देशन सागर केरुङ्ले गरेका हुन् ।

यसैगरी उत्कृष्ट फिल्म बुलाकी, उत्कृष्ट फिल्म निर्देशक मिलन चाम्स (गोर्खा वारियर), उत्कृष्ट अभिनेत्री : दिया पुन (दयारानी) गरि संगीतको २४ विधा र फिल्मको ७ विधा गरि ३१ विधामा अवार्ड वितरण गरिएको थियो ।

कार्यक्रममा पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, इन्टरनेसनल मोडल दिपक घिमिरे, निर्देशक घनश्याम लामिछाने, वरिष्ठ पत्रकार तथा गीतकार गोपाल प्रसाद थपलिया, किड्स मोडल अनया शाह, फेशन डिजाइनर विकाश खड्का, गीतकार हरि उप्रेती, समाजसेवी कमल प्रसाद दाहाल, फेशन डिजाइनर पुरन बहादुर कुँवर, गायक रुद्र शेखर शर्मालगायतको उपस्थिति रहेको अवार्डको जुरीमा संगीतकार राजु सिंह, छायाँकार राम केसी, कोरियोग्राफर लिगेश भट्टराई, मोडल उत्साह घिमिरे रहेका थिए ।

चलचित्र ‘चे’ एफ एल एफ अवार्ड २०२४ र याक्थुङ सिने अवार्ड २०८१ विजेता हुन ।  चलचित्र ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी चे/लास भईरहेका छन् ? भन्ने कथा हो अर्थात् लासको कथामाथि बनाइएको चलचित्र हो । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई चलचित्रको मुख्य विषय बनाइएको छ ।

चलचित्रले  आधुनिक विकासको नाममा भत्काईरहेको याक्थुङ आदिवासीहरुको समाधिस्थलहरु सकिएपछि  याक्थुङ समुदायमा चे/लास नै प्रमुख समस्याको रुपमा उभिएको संकेत गर्छ । काठमाडौबाट प्रदर्शन सुरु गरेको चलचित्र ‘चे’ संसारभरी प्रदर्शनको क्रममा रहेको निर्माण पक्षले जनाएको छ ।

सागर केरुङ, इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ निर्माता रहेको चलचित्रलाई पान्थरको विभिन्न ठाउँहरुमा छायांकन गरिएको छ । युबराज राइको छायांकन, मोनि ताम्लिङ, इन्दु फोम्बो र नोगेन लिम्बुको स्वर, बुद्धराज लिम्बुको संगीत, अमृता जबेगुको शृङ्गार, पर्शु लिम्बुको सम्पादन, मोनि ताम्लिङ्को पार्श्व संगीत रहेको चलचित्रमा बिमला खजुम, यासेली योङ्हाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, कर्णहाङ ताम्लिङ, प्रनेश थेबे, रत्ना लिङ्देन लावती, चन्द्रकला साँवा, राजु घिमिरे, उदय बेघा लगायतको अभिनय रहेकोछ ।

फाल्गुन २६ गते ‘चे’ दमकमा प्रदर्शन हुने

सागर केरूङकाे लेखन तथा निर्देशन भएकाे लिम्बु कथामा रहेकाे चलचित्र ‘चे’ (लास) काे अागामी फाल्गुन २६ गते दमकस्थित डिमेक्स सिनेमा घरमा प्रदर्शन गरिने भएकाे छ ।

माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया हाउसकाे अायाेजना तथा याक्थुङ लिम्बु साहित्य प्रतिष्ठानकाे व्यवस्थापनमा चलचित्र प्रदर्शन गरिने निर्देशक केरूङले बताएका छन् ।

दमक नगरपालिका धिमाल पछि लिम्बु याक्थुङहरूकाे भाषा दाेस्राे भएकाे हुँदा याक्थुङ र नेपाली भाषामा बनेकाे चलचित्रले याक्थुङहरूकाे चे (लास) माथी राज्यकाे अतिक्रमण भइरहँदा लासकाे व्यवस्थापन कसरी गर्ने कथाकाे उठान रहेकाे चलचित्रले एउटा सांस्कृतिक चेतना बारे सचेतना गराउन पनि याे चलचित्रले ठूलाे भूमिका निर्वाह गर्ने भएकाे हुँदा याे चलचित्रले याक्थुङहरूमा एउटा सन्देश दिने याक्थुङ प्रतिष्ठानका अध्यक्ष सेसेमी से नाल्बाे बताउँछन् । सबैले हलसम्म अाएर हेरिदिन अनुराेध समेत गरेका छन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

;