वार्ता विना निश्कर्ष टुङ्गियोः संघर्ष समिति आन्दोलनको तयारीमा

 लिम्बुवान न्युज
                       

ललितपुर, २७ माघ । सेमुक्तुगोक् / मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको संघर्षरत सहजीकरण समिति र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । आइतबार दिउँसो काठमाडौं सिंहदरबारस्थित होटल बसेरामा बसेको वार्तामा मागको विषयमा सहमति कायम हुन नसक्दा वार्ता निचोडमा पुग्न नसकेको हो ।
वार्तामा आन्दोलनकारी समूहले सरकारी वार्ता समितिको ‘हैसियत’ नपुगेको भन्दै मन्त्रीस्तरको वार्ता टोली गठन गर्न माग गरेको थियोे । देखिएको विवाद समाधानका नेपाल सरकारको गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको टोलीसँग माघ २२ गते राति ६ बुँदे सहमति भएको तर सरकारले उक्त सहमतिअनुसार कार्यान्वयन नगरेको आन्दोलन पक्षले जनाएको छ ।
आन्दोलनरत पक्षले मन्त्री स्तरीय वार्ता समिति गठनको माग गरेको छ । अब कर्मचारीसँग वार्तामा नबस्ने अान्दाेलनरत पक्षले जनाएकाे छ । सहमति अनुसार वार्ता बस्ने भएपछि प्रदेश १ को लिम्बुवान क्षेत्रमा गर्दै आएको नौ जिल्लाव्यापी यातायात बन्दको कार्यक्रम स्थगन गरेको थियोे ।
आन्दोलनरत घटकहरूले मुक्कुमलुङको संरक्षण तथा केवलकारको खारेजी जस्ता गम्भीर विषयहरूको दिगो स्थायी समाधानका लागि मन्त्रीस्तरीय वार्ता टोली गठन गरी आउँदो २७ गते सोहि मन्त्रिस्तरीय वार्ता टोलीसँग वार्तामा बस्ने बताउँदै आएका थिए । आन्दोलनरत पक्षले केबलकार स्टेसनमा १० दिन सम्म काम रोक्ने मौखिक सहमति भएपनि यसको इमानदार कार्यान्वयन नभएको दाबी समेत गरेको छ ।
आइतबारको दोस्रो चरणको वार्ताले निकास दिन नसकेको र बल सरकारको कोर्टमा पुगेको पहिचानवादी मोर्चाका नेता खगेन्द्र माखिमले लिम्बुवान खबरलाई बताए । उनले ४० मिनेट वार्ता भएपनि निष्कर्ष नआएको बताए ।
‘नो केबलकार आन्दोलनको तर्फबाट सहजीकरण वार्ता टोलीमा मुक्कुमलुङ फा?सिङ ताङसेपबाट सरु सिङ्गक, कियाचुबाट यासेली योङ्हाङ, किरात धर्म तथा साहित्य उत्थान संघबाट सूर्य विक्रम चेम्जोङ, राष्ट्रिय मुक्ति पार्टीबाट सन्तोष मेहेता, पहिचानवादी मोर्चाबाट खगेन्द्र माखिम, नागरिक उन्मुक्ति पार्टीबाट दिलकुमार लाओती, जसपाबाट आङकाजी शेर्पा, नेपाल जनमुक्ति पार्टीबाट राजकुमार नाल्वो, संलोरामबाट रन्धोज ताम्लिङ रहेका थिए ।
केबुलकार खारेजी संयुक्त संघर्ष समिति र अन्तरदलीय संघर्ष समितिको चाँडै बैठक बसेर आन्दोलनको आगामी कार्यक्रमहरू सार्वजनिक गर्न सक्ने सम्भावना रहेको नेतृ सिंगकले जनाइन् ।
माघ ८ गते बटम स्टेसनका लागि डोजर चलाउन थालेपछि संगठित भएका आन्दोलनकारीमाथि माघ १२ गते बेलुकी सशस्त्र प्रहरीले कुटपिटसँगै गोली प्रहार गरेको थियो । शनिबार ताप्लेजुङमा दोहोरो झडप हुँदा सशस्त्र प्रहरीको गोली लागेर आन्दोलनकारीतर्फ छ जना घाइते भएका थिए । जसमा सगुन लाओती, यम बहादुर सुक्वाबा लिम्बु मङ्गल लाओती, धर्मान पालुङ्वा, धोजनारायण साँवा, विशाल लिम्बु घाइते भएका थिए । तीमध्ये आन्दोलनकारी सगुन, यमबहादुर र धर्मानको स्वास्थ अवस्था गम्भीर भएर काठमाडौंको टिचिङ अस्पतालमा उपचार भईरहेको आन्दोलनरत पक्षले जनाएको छ ।
सर्वाेच्च अदालतमा विचाराधीन रहेको मुद्दा भएपनि जबर्जस्ती केबुलकार निर्माणको परियोजना अगाडि बढाएको भन्दै अधिवक्ता शङ्कर लिम्बु सहितको कानुन व्यवसायीहरूले दायर गरेको मुद्दामाथि आजै पेसी बहस तोकिएपनि पूर्व न्यायधिसको निधन भएको भई मुद्दाका बहस नभएको जनाइएको छ ।
प्रक्रियाहरू पूरा नगरेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरूको बर्खिलाप गरेको भन्दै दुई दर्जन बढी व्यक्ति, संघसंस्था, राजनीतिक दल र समूहले सरकार, परियोजना र कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् ।
काठमाडौं माईतीघर मण्डलामा आन्दोलनरत पक्षका वार्ता सहजीकरणका सदस्यहरुले पत्रकारहरुसँग साक्षातकार गर्दै आजसम्ममा पनि मन्त्रीस्तरको वार्ता समिति सरकारले घोषणा नगरे माघ २८ गते पत्रकार सम्मेलन मार्फत नयाँ चरणको आन्दोलन घोषणा गर्ने मुक्कुमलुङ संरक्षण संघर्ष समितिले जनाएको छ ।
कार्यक्रममा संघर्ष समितिका नेताहरु पूर्व मन्त्री गोपाल किराती, खगेन्द्र माखिम, संविधानसभा सदस्य राजकुमार नाल्बो, सरु सिंगक, नेता आङकाजी शेर्पा लगायतका नेताहरुले आ–आफ्ना विचार राख्दै सरकारसँगको सहजीकरणबाट मुक्कमुलुङमा केवलकार निर्माण खारेजी आन्दोलनको बारेमा प्रष्ट पारेका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...