मुक्कुमलुङ पदयात्रामा सहभागीताको लागि अपिल

 लिम्बुवान न्युज
                       

दमक, ६ फाल्गुन । ताप्लेजुङस्थित याक्थुङ लिम्बुहरुको पवित्र मुन्धुमीस्थल मुक्कुकमलुङ पदयात्रामा सहभागिताको लागि अपिल गरेको छ । मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिले फाल्गुन ६ देखि ८ गतेसम्मको कार्यक्रममा सहभागिताको लागि आव्हान गरेको हो ।

गत माघ १२ गते मुक्कुमलुङ संरक्षणका लागि काफ्लेपार्टीको एक घरमा खानाखान बसीरहेको समयमा एक्कासी तानाशाही शैलीमा शसस्त्र प्रहरी घरभित्र प्रवेश गरी गोली चलाई तीन जनालाई शख्त घाईते बनाएपछि मुक्कुमलुङ युमा माङसँग माफी माग्दै हजारौं मुक्कुमलुङ संरक्षणकर्ताहरु सहभागि हुन संघर्षरत संघ संगठन र अन्तरदलीय संगठनले पदयात्रा कार्यक्रमको आयोजना गरेको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका संयोजक तथा किरात याक्थुङ चुम्लुङ् संघीय अध्यक्ष प्रेम एक्तेनले बताउनु भयो ।

हजारौं बर्ष देखि मुक्कुमलुङ माङको आरधाना गर्ने याक्थुङ् जातीहरुको पहिचान, अस्तित्व, संस्कृति र परम्परालाई नै समाप्त पार्दै मुक्कुमलुङमा हजारौं बनस्पति र जरीबुटि जस्ता प्रजातिहरुको रुख काटेर भौतिक रुपमा कुरुप बनाई पवित्र धार्मिक स्थलको सम्पदा संरक्षण नगरी विकासको नाममा एउटा माफियाको कम्पनीलाई केवलकार निर्माण गर्न दिएकोमा स्थानीयहरु आन्दोलित भएका छन् ।

सरकारले पाथीभरा दर्शन केवलकार प्रा.लि(सँग २०७५ सालमा नै सम्झौता गरी विभिन्न निर्णयहरु गरेतापनि उक्त निर्णयहरुको उल्लंघन गरी दुई बर्ष भित्र निर्माण सक्नु पर्ने तर त्यस क्षेत्रका याक्थुङ समुदायसँग कुनै प्रकारको सम्झौता नगरी त्यहाँ क्षेत्रमा रोजगारी गरेका र होटल लगायतका व्यवसाय संचालन कर्ताहरुसँग समेत कुनै प्रकारको सम्झौता नगरी संविधानको बर्खिलाप गर्दै माफियातन्त्र प्रवृत्ति हावी भएको प्रति विभिन्न जातीय संघ संस्था एवम् संघर्षरत संगठनहरुले विभिन्न चरणमा आन्दोलन गरेतापनि राज्य बेखबर बन्दै लिम्बु समुदायमाथिको आस्थालाई नै समाप्त पार्दै केवलकार निर्माणको विरोध भई रहेको अध्यक्ष एक्तेनको तर्क रहेको छ ।

मुन्धुमी आस्थाको धरोहरमा विकासको नाममा धार्मिक तथा जातीय द्वन्द्व निम्त्याउँदै एउटा व्यापारीलाई पोस्ने राज्यको कार्यको विरोध गर्दै आन्दोलनरत संगठनहरुले पदयात्रामा सहभागी हुन सबै धर्म, संस्कृति, वर्गका आम मानिसहरुलाई आव्हान गरिएको चुम्लुङ अध्यक्ष एक्तेनले बताउनु भयो ।

यसैगरी आइतबार धरानमा संघर्ष समितिले याक्थुङ चुम्लुङ्का नवनिर्वाचित उपाध्यक्ष पदम चेन्जीमाथि अभद्र व्यवहार गरेको छ । केवलकार निर्माण गर्नुपर्छ भनी विभिन्न सामाजिक संजालहरुमा लेखेका मावोलाई यस्तो कार्य बन्द गर्न र आस्थाको धरोहर बचाउन एकजुट हुनुपर्ने भन्दै याक्थुङहरु बिच एकजुट हुन भन्दै उनीहरुले चेतावनी सहित कालो मोसो दलेका थिए ।

मावोलाई अभद्र व्यवहार गरेको निन्दा गर्दै चुम्लुङले खण्डन गरेको छ भने कियाचु संघीय समितिले धरानस्थित चुम्लुङ हिममा प्रहरी प्रशासनले धरपकड गरेकोमा भत्र्सना गरेको छ । याक्थुङहरुको सर्वोच्च संस्थाको भवनमा कुनै प्रकारको पक्राउ पुर्जि नै नलिई गुण्डागर्दी पञ्चायती शैलीमा रातको २ बजेसम्म प्रहरीले सुत्न नदिएको स्थानीयहरुले बताएका छन् । यस प्रति गम्भीर आपत्ती जनाउँदै कियाचू संघीय समितिका महासचिव निरन्ती तुम्बापोले सोमबार एक विज्ञप्ति जारी गर्दै चेतावनी समेत दिएकी छिन् ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;