फुङलिङमा मुक्कुमलुङमा केवलकार खारेजी र प्रहरीबिच दोहोरो झडप

 लिम्बुवान न्युज
                       


दमक, १० फाल्गुन । फुङलिङमा मुक्कुमलुङमा केवलकार खारेजी संरक्षण संघर्ष समिति र प्रहरीबिच शनिबार साँझ झडप भएको छ । पाथीभराबाट फर्किएका मुक्कुमलुङमा केवलकार संघर्ष समितिका समूह र प्रहरीबिच झडप भएको हो ।
मुक्कुमलुङको तीन दिने पदयात्रा कार्यक्रम सम्पन्न पश्चात फर्किएपछि ताप्लेजुङको फुङलिङ बाजारमा र्यालीमा रहेका ‘नो केवलकार समूह’का सहभागीले वीरेन्द्रचोकमा राँके जुलुस तथा नाराबासी गरेका थिए ।
संघर्ष समितिले चोकमा आँगो बालेर आन्दोलन गर्न थालेपछि प्रहरीले आगो निभाउन पानी लिएर आएका थिए । आगोमा पानी हाल्न लाग्दा प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको हो । पराजुलीचोकदेखि सुरु भएको र्याली फुङलिङ बजारको तोक्मेमा पुगेर वीरेन्द्रचोक पुगेपछि आगो सल्काएका थिए ।

उता, पाथिभराबाट फर्किएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई शनिवार एक समूहले कालो झण्डा देखाएका थिए । पाथीभरा(मुक्कुमलुङ)को पदयात्राका लागि ताप्लेजुङ आएका महतोलाई विकास विरोधी भन्दै कालो झण्डा देखाएका हुन् ।
मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय संयुक्त संघर्ष समितिले निरन्तर केबलकार निर्माणमा अवरोध गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।
पदयात्रा कार्यक्रममा उपप्रधानमन्त्री महतोसँगै पूर्व मन्त्रीहरु रकम चेम्जोङ, पूर्व मन्त्री गोपाल किराती, कियाचू अध्यक्ष प्रेम येक्तेन, अभियान समितिका अध्यक्ष डकेन्द्र सिंह थेगिम, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा, पहिचानवादी मोर्चाका नेता खगेन्द्र माखिम लगायत शिर्ष तहका नेताहरु सहभागि भएको पाथिभरा केवलकार खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले बताए ।


झडप पश्चात कोणसभा गर्दै आन्दोलनरत संगठनहरुले कुनैपनि हालतमा केवलकार बन्न नदिने दोहोराएका छन् ।
यसैक्रममा केवलकार निर्माण पक्षले संचारकर्मीमाथि हातपात गरेका छन् भने क्यामेरा लगायत संचारसामाग्रीहरुमा क्षति पुराएको संचारकर्मीहरुले बताएका छन् । ताप्लेजुङ् बाहिरबाट गएका पत्रकारहरुमाथि दुब्र्यबहार गरिएको प्रति फोनिज प्रदेश नं. १, पत्रकार महासंघ ताप्लेजुङ लगायत सरोकारवालाहरुले विरोध जनाएका छन् ।
आन्दोलन थप आक्रमक भईरहेको अवस्थामा यतिवेला फुङलिङबजार तनाबग्रस्त भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । केही एरियामा निशेधित क्षेत्र तोक्न सकिने स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...