फुङलिङमा मुक्कुमलुङमा केवलकार खारेजी र प्रहरीबिच दोहोरो झडप

 लिम्बुवान न्युज
                       


दमक, १० फाल्गुन । फुङलिङमा मुक्कुमलुङमा केवलकार खारेजी संरक्षण संघर्ष समिति र प्रहरीबिच शनिबार साँझ झडप भएको छ । पाथीभराबाट फर्किएका मुक्कुमलुङमा केवलकार संघर्ष समितिका समूह र प्रहरीबिच झडप भएको हो ।
मुक्कुमलुङको तीन दिने पदयात्रा कार्यक्रम सम्पन्न पश्चात फर्किएपछि ताप्लेजुङको फुङलिङ बाजारमा र्यालीमा रहेका ‘नो केवलकार समूह’का सहभागीले वीरेन्द्रचोकमा राँके जुलुस तथा नाराबासी गरेका थिए ।
संघर्ष समितिले चोकमा आँगो बालेर आन्दोलन गर्न थालेपछि प्रहरीले आगो निभाउन पानी लिएर आएका थिए । आगोमा पानी हाल्न लाग्दा प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको हो । पराजुलीचोकदेखि सुरु भएको र्याली फुङलिङ बजारको तोक्मेमा पुगेर वीरेन्द्रचोक पुगेपछि आगो सल्काएका थिए ।

उता, पाथिभराबाट फर्किएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई शनिवार एक समूहले कालो झण्डा देखाएका थिए । पाथीभरा(मुक्कुमलुङ)को पदयात्राका लागि ताप्लेजुङ आएका महतोलाई विकास विरोधी भन्दै कालो झण्डा देखाएका हुन् ।
मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय संयुक्त संघर्ष समितिले निरन्तर केबलकार निर्माणमा अवरोध गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।
पदयात्रा कार्यक्रममा उपप्रधानमन्त्री महतोसँगै पूर्व मन्त्रीहरु रकम चेम्जोङ, पूर्व मन्त्री गोपाल किराती, कियाचू अध्यक्ष प्रेम येक्तेन, अभियान समितिका अध्यक्ष डकेन्द्र सिंह थेगिम, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा, पहिचानवादी मोर्चाका नेता खगेन्द्र माखिम लगायत शिर्ष तहका नेताहरु सहभागि भएको पाथिभरा केवलकार खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले बताए ।


झडप पश्चात कोणसभा गर्दै आन्दोलनरत संगठनहरुले कुनैपनि हालतमा केवलकार बन्न नदिने दोहोराएका छन् ।
यसैक्रममा केवलकार निर्माण पक्षले संचारकर्मीमाथि हातपात गरेका छन् भने क्यामेरा लगायत संचारसामाग्रीहरुमा क्षति पुराएको संचारकर्मीहरुले बताएका छन् । ताप्लेजुङ् बाहिरबाट गएका पत्रकारहरुमाथि दुब्र्यबहार गरिएको प्रति फोनिज प्रदेश नं. १, पत्रकार महासंघ ताप्लेजुङ लगायत सरोकारवालाहरुले विरोध जनाएका छन् ।
आन्दोलन थप आक्रमक भईरहेको अवस्थामा यतिवेला फुङलिङबजार तनाबग्रस्त भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । केही एरियामा निशेधित क्षेत्र तोक्न सकिने स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...