ताप्लेजुङमा निशेधाज्ञाः २७ घाइते, १५ जना भन्दा धेरै प्रहरी नियन्त्रणमा

 लिम्बुवान न्युज
                       

दमक, ११ फाल्गुन ।  ताप्लेजुङ जिल्लास्थित मुक्कुमलुङमा पाथीभरा केबलकार निर्माण विवादले उग्र रुप लिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको जानकारी गराएका हुन्।

सूचनामा उल्लेख भए अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र मुक्कुमलुङ पाथीभराकाे काफ्लेपाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा कार्यान्वयन हुने लेखिएकाे छ।

अर्को सूचना नभएसम्मका लागि आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा कार्यान्वयन भएको छ । शनिबार साँझमात्र केबलकार पक्ष र विपक्षको झडपमा दर्जनौ स्थानीय घाइते भएपछि प्रशासन निषेधाज्ञा जारी गर्न पुगेको हो। सुचनामा प्रतिकूल परिस्थिति बनेका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)(क) बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख छ।

सूचनामा सदुरमुका फुङ्लिङ बजारसहित पूर्वतर्फ फुङलिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा घोडेटार थलङधारा, उत्तरतर्फ उकालीपानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कञ्चनजङ्घा टोलसम्म निषेधाज्ञा तोकिएको छ। मुक्कुमलुङ पाथीभरा क्षेत्रको काफ्लेपाटी बलुडाँडाको पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलुडाँडा डढेले इलाका, उत्ततरतर्फ केबुलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा निषेधाज्ञाका लागि तोकिएको छ।

उक्त क्षेत्रमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउजस्ता गतिविधि गर्न नपाउने सूचनामा भनिएको छ। उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।

रातभरी प्रहरी प्रशासनले मुक्कुमलुङ ताङसेप चुम्भाे र अन्तरदलीय संघर्ष समितिका नेता तथा कार्यकर्ताहरूमाथि धरपकड गरेकाे छ नविन पाेमू सहित १५ जना प्रहरीले पक्राउ गरेकाे स्राेतले जनाएकाे छ भने दुवै पक्षगरी २४ भन्दा धेरै घाइते भएका छन् । माेर्चाका नेता कृर्तिमान मादेनका अनुसार २७ जना भन्दा धेरै घाइते भएकाे बताएका छन् । उनीहरूकाे विभिन्न स्थानमा उपचार भइरहेकाे हुँदा घाइतेकाे यकिन नभएकाे बताए । प्रहरीले रातभरी घर घेरा हालेर नियन्त्रन्णमा लिएकाे बताए ।

यस्तै अान्दाेलनरत पक्षका इलामका घाइते राम राइकाे फिदिममा उपचार भइरहेकाे स्राेतले जनाएकाे छ । उनकाे दाहिने खुट्टा र कुम भाचिएकाे छ ।

यस्तै अन्य शख्त घाइतेहरू सम्बर लिम्बु, शिसीर पाेमु, एन के दर्नाललाइ धरान लगिएकाे स्राेतले जनाएकाे छ । उनीहरूकाे टाउँकाे लगायत स्थानमा गम्भीर चाेट लागेकाे बताइएकाे छ । प्रहरी र अान्दाेलनरत पक्षकाे अन्य कति घाइते भए अहिलेसम्म कुनै सूचना प्राप्त हुन सकेकाे छैन । त्यसैगरी संघर्ष समितिका कति जना पक्राउ परेकाे हालसम्म प्रशासनले सार्वजनिक गरेकाे छैन ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...