सरकारसँग वार्ता गर्न चार बुँदे धारणा सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, १३ फाल्गुन । सरकारसँग वार्ताको वातावरण बनाउँन मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा ‘नो केबलकार समूह’ले चार बुँदे धारणा सार्वजनिक गरेको छ ।

मुन्धुमी स्थल मुक्कुमलुङ संरक्षणका लागि संघर्षरत मुक्कुमलुङ ताङसेप चुम्भोले सोमबार विज्ञप्ती जारी गर्दै वार्ताको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

१३ विभिन्न संस्था र ९ अन्तर दलीय संगठनका नेतृत्वले हस्ताक्षर गरेको विज्ञप्तीमा आन्दोलनका क्रममा पक्राउ परेकाहरूको निसर्त रिहाइ तथा कफ्र्यु हटाउनु पर्ने । केबलकार निर्माण कार्य स्थायी रूपमा रोक्दै निर्माणस्थलबाट सबै सामग्री, ठेकेदार तथा मजदुर फिर्ता गर्नु पर्ने र मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र तथा जनपथ प्रहरी फिर्ता गर्नु पर्ने धारणा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘वार्ता र सम्बादको माध्यमबाट समस्या समाधान गरिनुपर्छ भन्नेमा हामी सदैब सकारात्मक र जिम्मेवारीपूर्ण ढंगबाट भूमिका निर्वाह गर्न प्रतिबद्ध छौ । तसर्थ माथिका शर्तहरु पुरा भएपछि हामी परिणाममुखी वार्तामा सामेल हुनेछौ ।’

विज्ञप्तीमा ‘वार्ताका लागि वार्ता होइन् । अधिकार सम्पन्न वार्ता समितिसँग निष्कर्ष सहितको परिणामुखी वार्तामा बसौं’ भनेर प्रस्ताव समेत गरिएको छ ।

यसअघि नो केबुलकार समूहको वार्ता सहजिकरण समितिले गएको माघ २२ गते सह सचिव प्रेमप्रसाद भट्टराईले नेतृत्व गरेको सरकारी वार्ता टोलीसँग विभिन्न छ बुँदे सहमति गरेको थियो । सहमति पुरा भएपछि थप वार्ता माघ २७ गते बस्ने भनिएकोमा सरकारले सहमति पुरा नगरी वार्ताको वातावरण नबनाएको भन्दै निरन्तर आन्दोलन गर्दै आएको थियो ।

यसै क्रममा गएको शनिबार प्रदर्शनका क्रममा स्थानीय प्रशासनले बल प्रयोग गरी कुटपिट गर्दा ५ घाइते भएका थिए । यसै क्रममा १५ जना पक्राउ गरेर निशेधाज्ञा समेत जारी गरेको छ ।

घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेकालाई म्याद थप गरेर ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ ।

 

 

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;