मुक्कुमलुङमा केवलकार खारेजीले सरकारविरूद्ध आन्दोलनको घोषणा

,   लिम्बुवान न्युज
                       

ललितपुर, १६ फाल्गुन । केवलकार खारेजी समूहले केपी ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार आन्दोलनकारीको तर्फबाट जारी गरिएको संयुक्त वक्तव्यमा फुङलिङ काण्डको विरोध तथा पाथीभरामा केवकार बन्न नदिन आन्दोलनको घोषणा गरिएको उल्लेख छ ।

विज्ञप्तिमा फागुन १७ देखि २१ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने उल्लेख छ । यसैगरी विज्ञप्तिमा ऐतिहासिक मुक्कुमलुङ (पाथीभरा) पवित्र मुन्धुमी स्थल, आस्था केन्द्र र शक्ति पीठ भएको उल्लेख छ ।  सोही कारण त्यहाँ केवलकार लगायत कङ्क्रिटका भौतिक संरचना नबनाउन सरकार र सम्बद्ध सबै पक्षसँग माग राखी शान्तिपूर्ण आन्दोलन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
अान्दाेलनरत पक्षले ४ बुँदे कार्यक्रम घाेषणा र ७ बुँदे माग राख्दै पत्रकार सम्मेलन गरेकाे छ ।

‘तर सम्पदा प्रेमी रैथाने आदिवासी लगायत स्थानीय तथा अन्य सरोकारवाला समुदायको शान्तिपूर्ण आन्दोलनलाई ओली सरकारले अमानवीय र पाशविक ढङ्गले बर्बर दमन गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘ २०८१ माघ १२ गते साँझ मुइङ थेगु (बलुडाँडा)मा सशस्त्रले लगभग दुई सय राउन्ड गोली प्रहार गरी ३ जनालाई सख्त घाइते बनायो भने २०८१ फागुन १० गते बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म फुङलिङ बजारमा ओली सरकारले श्वेत आतङ्क मच्चायो । ९ जना घाइते (हस्पिटल भर्ना भएका मात्र) र १८ जनालाई पक्राउ गरिएको छ ।’

आन्दोलनले उचाइ लिँदै गएपछि आत्तिएको ओली सरकारले आतङतक मच्चाएका भन्दै आन्दोलनकारी समूहले यसलाई ‘फुङलिङ काण्ड’ दिँदै आन्दोलनको घोषणा गरेको हो ।
जसअनुसार घटनाको भण्डाफोर गर्ने,  सरकार र आम जनसमुदायको ध्यानाकर्षण गराउने, काठमाडौँमा बृहत् जनप्रदर्शन र विरोधसभा आयोजना गर्ने, घटनामा संलग्नमाथि कारबाही गर्न उजुरी दिने लगायतका कार्यक्रम तय गरिएको छ ।
आन्दोलनकारीले मुक्कुमलुङ संरक्षकहरूलाई अपराधीकरण नगर्न, पक्राउ परेकालाई रिहा गर्न, घाइतेको निःशुल्क उपचार गर्न, पाथीभरामा केबलकार नबनाउन लगायतका माग राखेका छन् ।
मुक्कुमलुङ ताङ्सेःप चुम्भाे र मुक्कमुलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर अान्दाेलन घाेषणा गरेका हुन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;